सोमबार १८ फागुन, २०८२

नेपाली समय

Facebook Live Youtube Live

खेलौँ अब होली (बालकविता)

रीता, गीता होली खेल्छन् यो रमाइलो दिन– सीता पनि आऊ यतै एक्लै बस्छ्यौ किन ? केटाकेटी सबै हिँडे भई टोली–टोली– हामी पनि रमाउँदै खेलौँ अब होली !

आज रङ्गीन भए पनि नुहाउनुपर्ला भोलि
सबै मिली रमाउँदै खेलौँ अब होली
 
रीता, गीता होली खेल्छन् यो रमाइलो दिन
सीता पनि आऊ यतै एक्लै बस्छ्यौ किन
केटाकेटी सबै हिँडे भई टोली–टोली
हामी पनि रमाउँदै खेलौँ अब होली
 
लाइदिऊँ अबिर छिटो–छिटो भाग्लिन् बूढी आमा
रातो रङले रङ्ग्याइदिऊँ सुन्तलीको जामा
अमिलो मन पार्नुहुन्न हाँसौं दिल खोली
साथी–भाइ रमाउँदै खेलौँ अब होली
 
कोही भन्छन् अबिर अनि कोही भन्छन्  फागु
हातमा फागु देख्नासाथै हुन्छ भागूँ–भागूँ
काकी पनि भाग्नुस् नत्र रङ्ग्याई छाड्छौं चोली
हामी सबै रमाउँदै खेलौँ अब होली ।
------------------
भोर्लेटार लमजुङ
 

रमेशचन्द्र घिमिरे

(घिमिरे नेपाली लेखक सङ्घ गण्डकी प्रदेश कार्य समितिका सचिव हुनुहुन्छ । उहाँका बालसाहित्यका कृतिहरु प्रकाशित छन् ।)