सानी नानी र चरी (बालगीत)
टाप्प टिप्प चारो टिप्छे हेर्दै यता उता– कोही नजिक आयो भने उड्छे कता कता, चिरचिर गर्दै चारो खान साथी बोलाउँछे– चर्को आवाज आयो भने डराइ टोलाउँछे !
फुर्फुर उड्ने चरीले चिर्चिर गर्दै बोलाई
दङ्ग परी सानी नानी चरी हर्दै टोलाई
टाप्प टिप्प चारो टिप्छे हेर्दै यता उता
कोही नजिक आयो भने उड्छे कता कता
चिरचिर गर्दै चारो खान साथी बोलाउँछे
चर्को आवाज आयो भने डराइ टोलाउँछे
फूर्फूर उड्ने चरीले चिर्चिर गर्दै बोलाई
दङ्ग परी सानी नानी चरी हेर्दै टोलाई
नयाँ कुरा देखेपछि लोभ गर्ने बानी
पङ्ख भए म पनि त उड्थेँ भन्छे सानी
मलाई पनि तिमी जस्तै उड्न सिकाउ चरी
सँगै उड्छु वन पाखा तिमी जस्तै गरी
फूर्फूर उड्ने चरीले चिर्चिर गर्दै बोलाई
दङ्ग परी सानी नानी चरी हेर्दै टोलाई
प्रतिक्रिया