आइतबार १० फागुन, २०८२

नेपाली समय

Facebook Live Youtube Live

सुन्दर आँखा (बालगीत)

कापी दिँदा पन्छाउने भित्ता पाए रमाउने, खाने कुरा खाएर भित्तामै हो समाउने ।

कोरिदिन्छिन् भित्तामा
केके–केके लेखेर 
टोलाइरहन्छु म हजुर
उनको चाला देखेर ।

कापी दिँदा पन्छाउने
भित्ता पाए रमाउने
खाने कुरा खाएर
भित्तामै हो समाउने ।

के भनेर सम्झाउनु ?
के भनेर बुझाउनु ?
उनको सुन्दर आँखालाई
कसरी खै रुझाउनु ?

उनी हुन्छिन् टिचर
बनेकी छु चेली म
उनले जेजे सिकाउँछिन् 
सिक्दै छु है फेरि म ।


बुद्धनगर काठमाडौँ 
 

ललिता ‘दोषी’

(ललिता ‘दोषी’ २०४१ सालमा ‘शुभकामना’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकाे हाे । उहाँका ५१ वटा साहित्यिक कृतिहरू प्रकाशित छन् ।)