मंगलबार ०५ फागुन, २०८२

नेपाली समय

Facebook Live Youtube Live

जूनको माया !

​बाबा गर्दा कोइली बोल्छ, मामा गर्दा माया– सबैतिर फैलिएको, जूनकै जस्तो छाया । ​कलकल बग्ने खोला जस्तो, चञ्चल हाम्रो नानी– जूनको टिक्का निधारमा, कस्तो राम्रो बानी ।

​मुसुमुसु हाँस्ने घामको झुल्को, जूनको एउटा माया
हाम्रो घरको आँगनभरि, खुसीका यी छाया ।

तातेताते पाइला चाल्दा, धर्ती मुस्कुराउने
तोते बोली सुन्दाखेरि, देउराली सुसाउने ।
​चरी भन्छ- 'चूँ चूँ' मिठो, आमा भन्छिन्- 'लौ न'
खुसी हुनुपर्छ नानी, रुन कहिल्यै हुन्न ।

​हिमालजस्तो कञ्चन मन, फूलझैँ फुल्ने हाँसो
आँखाभरि सपनाको, सुन्दर एउटा पासो ।
कहिले बन्ने पुतली झैँ, कहिले बन्ने तारा
धर्तीको यो काखैभरि, मायाको छ सारा ।

​बाबा गर्दा कोइली बोल्छ, मामा गर्दा माया
सबैतिर फैलिएको, जूनकै जस्तो छाया ।
​कलकल बग्ने खोला जस्तो, चञ्चल हाम्रो नानी
जूनको टिक्का निधारमा, कस्तो राम्रो बानी ।

आकाश छुने रहर बोकी, पखेटा फिँजाऊ
देशैभरि माया छरी, खुसी जताततै भिजाऊ ।


सिद्धार्थटोल, उदयपुर