मंगलबार ०५ फागुन, २०८२

नेपाली समय

Facebook Live Youtube Live

लालीगुराँस र सत्य साइलाईले जिते अन्तरविद्यालय बास्केटबलको उपाधि

जुनियर ब्वाइजको फाइनलमा लालीगुराँसले जेबीलाई २२–१७ ले पराजित गर्दै उपाधि जाेगायो भने सिनियर गर्ल्सको उपाधि भिडन्तमा सत्य साइले फेरिल्यान्डलाई १९–१५ ले हरायो ।

साबिक विजेता लालीगुराँस नेसनल एकेडेमी र श्री सत्य साइले दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । लालीगुराँस जुनियर ब्वाइज तथा सत्य साइ सिनियर गर्ल्समा च्याम्पियन बने ।

बूढानीलकण्ठको च्यासिन्डोलस्थित आयोजक जेबी स्कुलको कोर्टमा भएको जुनियर ब्वाइजको फाइनलमा लालीगुराँसले जेबीलाई २२–१७ ले पराजित गर्दै उपाधि जाेगायो । लालीगुराँसका लक्ष्मण बुढाले १३ स्कोर गर्नुभयाे । बसुन्धरा नेसनल एकेडेमी (बीएनए) तेश्रो भयो ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा सत्य साइले फेरिल्यान्डलाई १९–१५ ले हरायो । सत्य साइकी आकृति यादवले ८ अंक जोड्नुभयाे । भ्याली पब्लिक तेश्रो बन्यो ।

जुनियर ब्वाइजमा लक्ष्मण र सिनियर गर्ल्समा आकृति ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयाे । जुनियर ब्वाइजमा बीएनएका सुप्रिम बस्नेत र गर्ल्समा भ्याली पब्लिककी आकृति बम उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिनुभयाे ।

जुनियर ब्वाइजमा जेबीका गौरव ओली र सिनियर गर्ल्समा फेरिल्यान्डकी रेनुका तामाङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बन्नुभयाे ।

जुनियर ब्वाइजमा स्कोलर्स होम र नेचर तथा सिनियर गर्ल्समा त्रिवेणी सदन अनुशासित टिम ठहरिए । जुनियर ब्वाइजमा बीएमसीए तथा सिनियर गर्ल्समा बेलमोन्ट उदीयमान टिम घोषित भए ।
विजेतालाई आयोजक विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला घलान, जेबीकी निर्देशक सुजु थापा, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, जेबीका प्रिन्सिपल नारायण रोकालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । छदिने प्रतियोगिताको जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिम सहभागी थिए ।