‘स्टुडेन्ट अफ द इयर’को टप फाईभमा रिहाना गैरे
मार्सल आर्टस् ‘कराँते’मा विशेष दख्खल राख्ने ‘ब्ल्याक बेल्ट’ उहाँ अध्ययनका अलावा अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।
जापानको क्योतो शहरमा जन्म भई हाल चितवनको भरतपुर–९ की बासिन्दा रिहाना गैरे भरतपुर ७ स्थित अंकुरम एकेडेमीको कक्षा १० मा अध्ययनरत छात्रा ‘स्टुडेन्ट अफ द इयर’ को टप फाइभभित्र पर्न सफल हुनुभएको छ ।
मार्सल आर्टस् ‘कराँते’मा विशेष दख्खल राख्ने ‘ब्ल्याक बेल्ट’ उहाँ अध्ययनका अलावा अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराँते, आइक्यु, नृत्य, खेलकुद र अन्य विविध कौशलहरू प्रदर्शन गरी देशभरिबाट ‘टप फाइभ’मा चयन हुन सफल हुनुभएको हो ।
अभिनेता राजेश हमाल, नायिका रेखा थापा र युवा वैज्ञानिक आरिफ शेख निर्णायक मण्डलको ‘जजमेन्ट’ २० प्रतिशत र ८० प्रतिशत अनलाइन भोटिङका आधारमा विजेता तय हुने छ ।
बहुप्रतिभाशाली छात्रा रिहाना गैरेलाई खल्ती एप डाउनलोड गरेर भोट गर्न सकिने व्यवस्था छ । उहाँलाई मोबाइलमा खल्ती एप खोलेर प्रतियोगी नम्बर १५ की रिहाना गैरे चयन गरी भोट गर्न सकिन्छ । हिमालयन टिभीमार्फत प्रसारण भइरहेको सो रियालिटी शोमा १३ वर्षदेखि २१ वर्षसम्मको उमेर समूहका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी रहेका थिए ।
विजेताले नगद पुरस्कार पाँच लाख र सोही बराबरको छात्रवृत्ति पाउनेछन् भने इभा गिरीले उक्त रियालिटी शोलाई सहजीकरण गरिरहनभएको छ ।
विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
प्रतिक्रिया