तेस्रो बालसाहित्य महोत्सव : बालसाहित्य र सम्पदा–संस्कृतिमा बहस
महोत्सव अवधिभर बालसाहित्य र बालसरोकारका विविध विषयमा कार्यपत्र प्रस्तुति, समूहगत छलफल, पुस्तक विमोचन, बाल प्रतिभा प्रदर्शनीसहित बाल पुस्तक प्रदर्शनीका साथै संग्रहालय प्रदर्शनीसमेत गरिएको थियो ।
तेस्रो बालसाहित्य महोत्सव मंगलबार सम्पन्न भएको छ ।
नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका र पाटन संग्रहालयको आयोजना र विभिन्न संघसंस्थाको सहआयोजनामा यही माघ ११ गतेदेखि ललितपुरको पाटन संग्रहालयमा आयोजना गरिएको महोत्सव मंगलबार सम्पन्न भएको हो ।
महोत्सव अवधिभर बालसाहित्य र बालसरोकारका विविध विषयमा कार्यपत्र प्रस्तुति, समूहगत छलफल, पुस्तक विमोचन, बाल प्रतिभा प्रदर्शनीसहित बाल पुस्तक प्रदर्शनीका साथै संग्रहालय प्रदर्शनीसमेत गरिएको थियो ।
मंगलबार सम्पदा, संस्कृति र बालबालिका विषयको समूह छलफलमा वक्ताहरु पाटन संग्रहालयका कार्यकारी निर्देशक रमेशराज पौडेल,वरिष्ठ बालसाहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल र मिस नेवा, नेपाल संवत् ११४५ प्रलिशा शाक्यसँग पाटन संग्रहालयका संग्रहालय अधिकृत सुरेशमान लाखेले बहस गर्नुभएकाे थियाे ।
उक्त बहसमा बालबालिकाको ज्ञानको दायरा फराकिलो बनाउन सम्पदा र संस्कृतिको योगदानबारे चर्चा गरिएको थियो ।
त्यस्तै अर्को समूह छलफल बालसाहित्यको बदलिँदो स्वरुपमा पत्रकार सुशीला तामाङले वक्ताहरु वरिष्ठ बालसाहित्य इतिहासकार प्रमोद प्रधान, समालोचक तथा अनुवादक महेश पौड्याल र लेखक अनुराधासँग बहस गर्नुभएकाे थियाे ।
सोही क्रममा दुई सत्रमा बालकृतिहरु समेत विमोचन गरियो ।
कोपिला किताबको आयोजनमा वरिष्ठ बालसाहित्यकार विजयराज न्यौपानेको नयाँ बालकाव्य कृति– सारथि दिदी, विराज राईको ऐना र ध्रुब श्रेष्ठको हाम्रो नेपाल, राम्रो नेपाल कृतिको विमोचन गरिएको थियो भने नेपाल बालसाहित्य समाज र पाटन संग्रहालयको संयुक्त प्रयासमा गरिएको कार्यशालाबाट तयार पारिएका पाटनका सम्पदाबारेका कथाहरु पाटनका कथाहरु विमोचन गरिएको थियो ।
विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई शिक्षा मन्त्रालयकाे १० बुँदे निर्देशन
जाडाे बढेपछि मधेशका पालिकाले दिन थाले विद्यालय बिदा
करियर शिक्षा : भविष्यको नक्सा कोर्दै विद्यार्थी
मन्त्रीकाे स्वागतमा खटाइए बालबालिका
एमबिबिएस प्रवेश परीक्षामा प्रथम हुने छात्रालाई सम्मान
देशभरका सामुदायिक विद्यालयका नाममा रहेका जग्गा खाेज्दै शिक्षा मन्त्रालय
करियर कर्नर : भविष्यको बाटो पहिचान गर्ने प्रयास (भिडियाे)
प्रतिक्रिया