बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
बालबालिकाको मनोविज्ञान, कल्पनाशीलता र सकारात्मक सोचलाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले नयाँ सुरुवात, आशा र उत्साहको सन्देश बोकेको छ।
बालसंसार डटकमले नयाँ बालगीत ‘आयो नयाँ पालुवा’ सार्वजनिक गरेको छ।
बालबालिकाको मनोविज्ञान, कल्पनाशीलता र सकारात्मक सोचलाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले नयाँ सुरुवात, आशा र उत्साहको सन्देश बोकेको छ।
गीतका शब्द साहित्यकार ललिता ‘दोषी’ले रचना गर्नुभएको हो भने संगीत आश्मा अर्यालले दिनुभएको छ।
सरल, मिठासपूर्ण र बालमैत्री शब्द तथा धुनले गीतलाई बालबालिकाका लागि सजिलै गुनगुनाउन मिल्ने बनाएको छ।
गीतमा बालस्वर श्रेयदित क्षेत्रीको आवाज सुन्न सकिन्छ, जसले गीतलाई अझै जीवन्त र आकर्षक बनाएको छ। गीतको एरेन्जमेन्ट राम कार्कीले गर्नुभएको हो।
बालसंसार डटकमले बालसाहित्य, बालगीत, बालकथा र सिर्जनात्मक सामग्रीमार्फत बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान पुर्याउँदै आएको छ।
‘आयो नयाँ पालुवा’ पनि त्यही अभियानको निरन्तरताका रूपमा सार्वजनिक गरिएको बालगीत हो।
गीतले बालबालिकालाई प्रकृति, नयाँ उमंग र सकारात्मक परिवर्तनप्रति आकर्षित गर्ने विश्वास गरिएको छ।
डिजिटल प्लेटफर्म युट्युब र फेसबुकमार्फत सार्वजनिक गरिएको यस गीतलाई बालबालिका, अभिभावक तथा शिक्षकहरूले समेत रुचाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया