घान्द्रुक गाउँ (बालकविता)
रमाइलो हाम्रो गाउँ- नेपालकै सुन्दर ठाउँ, एकपटक आउनुस् है- घुम्नलाई घान्द्रुक गाउँ ।
रमाउँदै बस्छौँ, खेल्छौँ
प्रकृतिको साथमा
सुन्दर हिमाल चुचुरी छन्
सधैँ हाम्रो माथमा ।
तल बग्छ मोदी खोला
माथि–माथि हाम्रोे गाउँ
घान्द्रुक हो नि ! यसको नाउँ ।
नेपालको सुन्दर ठाउँ
धुवाँ धुलो केही छैन
सफा सुन्दर हाम्रो गाउँ
अमूल्य छ हाम्रो ठाउँ
स्वर्ग नै हो घान्द्रुक गाउँ ।
चरा गर्छन चिरबिर
गुराँस फुल्छ राताम्य
सेतो हिमाल हेर्नलाई
पाहुना आउँछन् अचम्म ।
पानी पर्छ, घाम लाग्छ
हिउँ पनि पर्छ है
बादलुले हिमाल ढान्दा
नरमाइलो लाग्छ है ।
उकाली र ओराली छन्
छ है बाटो मिलेका
हिँड्नलाई सजिलो छ
सिँढी–सिँढी परेका ।
रमाइलो हाम्रो गाउँ
नेपालकै सुन्दर ठाउँ
एकपटक आउनुस् है
घुम्नलाई घान्द्रुक गाउँ ।
प्रतिक्रिया