घर नफर्किएका विद्यार्थीको खोलामा तैरिएको खुसी
खेलमैदानमा जितको खुसीले हाँस्दै ट्रफी उचालेका ती बालबालिका घर नपुग्दै जीवनको यात्रा टुंगियो । एउटै गाउँका दुई कलिला अनुहार सधैंका लागि अस्ताएपछि स्युरी गाउँ आजसम्म पनि स्तब्ध छ ।
राष्ट्रपति रनिङ सिल्डको जित बोकेर घर फर्किँदै गरेका दुई नाबालक विद्यार्थीको जिप दुर्घटनामा ज्यान गएपछि रोल्पाको सुनछहरी गाउँपालिका शोकमा डुबेको छ ।
यो शोकलाई अझ गहिरो बनाउने एउटा दृश्य छ– दुर्घटनास्थल नजिकै खोलामा तैरिरहेको जितको ट्रफी ।
पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी लिएर वडा नं. ४ स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जिप गत मंगलबार राति करिब १० बजे अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा सुनछहरी गाउँपालिका–४ स्युरीकी १२ वर्षीया दिपा पुन र १२ वर्षीय सुनिल बिकको मृत्यु भयो ।
दुर्घटनामा अन्य नौ जना विद्यार्थी गम्भीर घाइते भएका भए । खेलमैदानमा जितको खुसीले हाँस्दै ट्रफी उचालेका ती बालबालिका घर नपुग्दै जीवनको यात्रा टुंगियो । एउटै गाउँका दुई कलिला अनुहार सधैंका लागि अस्ताएपछि स्युरी गाउँ आजसम्म पनि स्तब्ध छ । घर–घरमा सन्नाटा छ, आँगन–आँगनमा आँसु ।
दुर्घटनास्थल नजिकै आज पनि खोलामा तैरिरहेको ट्रफी, छेउछाउमा छरिएका मोबाइल र खेल सामग्रीले दृश्यलाई झनै मार्मिक बनाइदिएको छ ।
पानीको बहावसँगै बगिरहेको ट्रफीले मानौं अधुरो सपनाको कथा बोकेको छ– खेल जितेर फर्किँदै गरेका नानीहरू भने कहिल्यै घर फर्किएनन् ।
“छोरी खेल जितेर आउँछे भनेर ढोका ताकेर बसेका थियौँ,” एक अभिभावक आँसु पुछ्दै भन्छन्, “आज घरमा ट्रफी आयो तर छोरी आइन ।”
खोलामा तैरिरहेको ट्रफी आज जितको प्रतीक होइन, गाउँको साझा पीडाको मौन साक्षी बनेर बगिरहेको छ ।
विनाेदीलाई माधव वियाेगी साहित्य पुरस्कार, उदासी र घिमिरेलाई सम्मान
किन निराश र चिन्तित छ पछिल्लाे पुस्ता ?
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिता कात्तिक १४ र १५ मा
युराेपमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव
महात्मा गान्धी : साधारण जीवन, ठूलो प्रेरणा
जेनजी पुस्ता : इन्टरनेटको सहारामा उदाएको नयाँ शक्ति
बाँकेको बाल सुधारगृहमा झडप, ५ जनाको मृत्यु
प्रतिक्रिया