विद्यार्थीलाई ट्राफिक सचेतना
‘तीव्र गति जीवन क्षति’, ‘मापसे/लापसे गरी सवारी साधन नचलाऔँ’ र ‘हेलमेट लगाऔँ, सवारी साधन चलाऔँ’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सिरहा जिल्लाको गोलबजार नगरपालिकाअन्तर्गतको बुढानीलकण्ठ आवासीय विद्यालयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाको आयोजनामा ‘सडक दुर्घटनाविरुद्ध युवा अभियान–२०८२’ अन्तर्गत ट्राफिक सचेतना कक्षा सञ्चालन गरिएको छ ।
कार्यक्रममा सिरहा इन्चार्ज ट्राफिक प्रहरी निरीक्षक सालिकराम तिमसिनाले विद्यार्थीहरूलाई सडक दुर्घटनाबाट जोगिन अपनाउनुपर्ने सावधानी, ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन, हेलमेट र सिट बेल्टको प्रयोग, मापसे/लापसे गरेर सवारी चलाउन नहुने विषयमा विस्तृत जानकारी दिनुभयाे ।
‘तीव्र गति जीवन क्षति’, ‘मापसे/लापसे गरी सवारी साधन नचलाऔँ’ र ‘हेलमेट लगाऔँ, सवारी साधन चलाऔँ’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमले विद्यार्थीहरूमा ट्राफिक नियमप्रति सचेतना बढाउनुका साथै सुरक्षित यातायात संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाले आगामी दिनहरूमा पनि विद्यालयकेन्द्रित ट्राफिक सचेतना कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
‘स्टुडेन्ट अफ द इयर’को टप फाईभमा रिहाना गैरे
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
प्रतिक्रिया