बिहीबार ०१ माघ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

विद्यार्थीलाई ट्राफिक सचेतना

‘तीव्र गति जीवन क्षति’, ‘मापसे/लापसे गरी सवारी साधन नचलाऔँ’ र ‘हेलमेट लगाऔँ, सवारी साधन चलाऔँ’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सिरहा जिल्लाको गोलबजार नगरपालिकाअन्तर्गतको बुढानीलकण्ठ आवासीय विद्यालयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाको आयोजनामा ‘सडक दुर्घटनाविरुद्ध युवा अभियान–२०८२’ अन्तर्गत ट्राफिक सचेतना कक्षा सञ्चालन गरिएको छ ।

कार्यक्रममा सिरहा इन्चार्ज ट्राफिक प्रहरी निरीक्षक सालिकराम तिमसिनाले विद्यार्थीहरूलाई सडक दुर्घटनाबाट जोगिन अपनाउनुपर्ने सावधानी, ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन, हेलमेट र सिट बेल्टको प्रयोग, मापसे/लापसे गरेर सवारी चलाउन नहुने विषयमा विस्तृत जानकारी दिनुभयाे ।

‘तीव्र गति जीवन क्षति’, ‘मापसे/लापसे गरी सवारी साधन नचलाऔँ’ र ‘हेलमेट लगाऔँ, सवारी साधन चलाऔँ’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमले विद्यार्थीहरूमा ट्राफिक नियमप्रति सचेतना बढाउनुका साथै सुरक्षित यातायात संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाले आगामी दिनहरूमा पनि विद्यालयकेन्द्रित ट्राफिक सचेतना कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।