बिहीबार ०१ माघ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

गाइने दाइ (बालगीत)

फेरि गाउनोस् गाइने दाइ र्‍याइँर्‍याइँ पारी गीत ! त्यो गीतमा बसेको छ सबको मीठो प्रीत

फेरि गाउनोस् गाइने दाइ   
र्‍याइँर्‍याइँ पारी गीत ! 
त्यो गीतमा बसेको छ            
सबको मीठो प्रीत          
        फेरि गाउनोस्.... 
                  
सारङ्गीको धुनै मीठो 
त्यस्तै मीठो भाका 
हिँड्नु हुन्छ गीत गाउँदै    
लेकबेँसी पाखा 
फेरि गाउनोस्.... 

नहराओस् कहिले पनि 
सारङ्गीको धुन 
त्यस्तो मीठो धुन सुन्न 
झर्लान् ताराजून ।
     फेरि गाउनोस्....


बुद्धनगर काठमाडौँ 

ललिता ‘दोषी’

(ललिता ‘दोषी’ २०४१ सालमा ‘शुभकामना’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकाे हाे । उहाँका ५१ वटा साहित्यिक कृतिहरू प्रकाशित छन् ।)