बिहीबार ०१ माघ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

तेक्वान्दो टोली चीन जाँदै

एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगितामा लिटिल बड स्कुलका ५ खेलाडी र गोंगबु तेक्वान्दो डोजाङका ८ गरी १३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

चीनको नान्जिङमा हुने एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १० औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा लिटिल बड स्कुलका ५ खेलाडी र गोंगबु तेक्वान्दो डोजाङका ८ गरी १३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

लिटिल बडबाट यु–६ महिला एकल पुम्सेमा इनाया महर्जन, यु–८ एकल पुम्सेको पुरुषमा अभेन थापा र महिलामा आरभी ज्ञवाली तथा यु–१० एकल पुम्सेको पुरुषमा आयाम पौडेल र महिलामा यात्ना तिमिल्सिनाले कौशल प्रदर्शन गर्नुहुनेछ ।

गोंगबुबाट पुरुष २६ केजीमा सोहन पाठक, महिला ३० केजीमा हृदियानी बस्नेत र महिला ३६ केजीमा जोलिना बस्नेत खेल्नुहुनेछ । यु–८ महिला एकल पुम्सेमा माइरा कार्की, यु–१२ पुरुष एकल पुम्सेमा श्रेयान कार्की र सक्षम श्रेष्ठ, यु–१४ महिला एकल पुम्सेमा आश्रिया उपाध्याय तथा यु–१८ पुरुष एकल पुम्सेमा युजेन तामाङकाे सहभागिता रहनेछ ।

लिटिल बड र गोंगबु दुवैका प्रशिक्षक सरोज तामाङ हुनुहुन्छ । उहाँसँगै विकेश विडारी प्रशिक्षकका रुपमा चीन जानुहुनेछ । अन्तर्राष्ट्रिय रेफ्री अस्मिता खड्काले प्रतियोगतामा निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य कुमार लामा घिसिङ, नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामा, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले शनिबार एक कार्यक्रमबीच बिदाइ गर्नुभएकाे छ ।

डिसेम्बर ३१ देखि जनवरी ३ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली मंगलबार चीन जाने छ ।