मन्त्रीकाे स्वागतमा खटाइए बालबालिका
उर्जामन्त्री कुलमान घिसिङकाे स्वागतार्थ राैतहटकाे चन्द्रपुरस्थित शुभलाल विद्यालयले कक्षा ६ देखि १० सम्म पढ्ने विद्यार्थीलाई खटाएकाे हाे ।
रौतहटको चन्द्रपुर नगरपालिका-८ स्थित शुभलाल माध्यमिक विद्यालयले पठनपाठन बन्द गरेर विद्यार्थीलाई मन्त्रीको स्वागतमा सहभागी गराएको छ ।
जन्मोत्सव पार्क शिलान्यासका लागि शुक्रबार राैतहट पुगेका उर्जामन्त्री कुलमान घिसिङकाे स्वागतार्थ विद्यालयले कक्षा ६ देखि १० सम्म पढ्ने विद्यार्थीलाई खटाएकाे हाे । घिसिङकाे अग्रसरतामा उज्यालो नेपाल पार्टी गठन गरिएकाे छ ।
मन्त्री सहभागी कार्यक्रममा उपस्थिति धेरै देखाउनुपर्ने भन्दै विद्यालयले पठाएकाे विद्यार्थीहरुले बताएका छन् । त्यसअघि उनीहरुलाई मन्त्रीकाे स्वागतका लागि सडकमा उभ्याइएकाे थियाे ।
स्मरणीय छ, बालबालिकासम्बन्धी ऐनले बालबालिकालाई कुनै पनि राजनीतिक गतिविधिमा सामेल गराउन बर्जित गरेकाे छ ।
तेस्रो बालसाहित्य महोत्सव : बालसाहित्य र सम्पदा–संस्कृतिमा बहस
विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई शिक्षा मन्त्रालयकाे १० बुँदे निर्देशन
जाडाे बढेपछि मधेशका पालिकाले दिन थाले विद्यालय बिदा
करियर शिक्षा : भविष्यको नक्सा कोर्दै विद्यार्थी
एमबिबिएस प्रवेश परीक्षामा प्रथम हुने छात्रालाई सम्मान
देशभरका सामुदायिक विद्यालयका नाममा रहेका जग्गा खाेज्दै शिक्षा मन्त्रालय
करियर कर्नर : भविष्यको बाटो पहिचान गर्ने प्रयास (भिडियाे)
प्रतिक्रिया