एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
न्याैपाने फाइनलमा चाइनिज ताइपेइका खेलाडीसँग २–३ ले पराजित हुनुभएकाे हाे ।
दुबइमा भइरहेको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यु–२३ पुरुष सिंगल्स (क्लास ७) मा स्वीकृत न्यौपानेले रजत जित्नुभएकाे छ ।
न्याैपाने समूह चरणमा पहिलो हुँदै सेमिफाइनलमा पुग्नुभएकाे थियाे । समूह चरणमा उहाँले काजाकिस्तान, किर्गिस्तान र इराकका खेलाडीलाई पराजित गर्नुभयाे ।
सेमिफाइनलमा न्याैपानेले फिलिफिन्सका खेलाडीलाई ३–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्नुभएकाे थियाे ।
फाइनलमा भने चाइनिज ताइपेइका खेलाडीसँग २–३ ले पराजित हुनुभएकाे हाे ।
भ्याली पब्लिकका तीन टोली क्वाटरफाइनलमा
रेडियन्ट पब्लिकलाई प्याब्सन बास्केटबल उपाधि
पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि
किस्क र एलाइटलाई ओएसिस कप
प्रतिक्रिया