रेडियन्ट पब्लिकलाई प्याब्सन बास्केटबल उपाधि
मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमीको कोर्टमा भएको फाइनलमा रेडियन्टले न्युटनलाई ५६–४३ ले हरायो । रेडियन्टका सुप्रित लामिछाने र सुगम रानामगरले समान १६ स्कोर गर्नुभयाे ।
रेडियन्ट पब्लिकले प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमीको कोर्टमा भएको फाइनलमा रेडियन्टले न्युटनलाई ५६–४३ ले हरायो । रेडियन्टका सुप्रित लामिछाने र सुगम रानामगरले समान १६ स्कोर गर्नुभयाे ।
सुरुका दुई क्वाटरमा रेडियन्टले १४–११ र ९–४ को अग्रता लिएको थियो । तेश्रोमा रेडियन्ट १४–१७ ले पछि रह्याे । चौथोमा रेडियन्टले १९–११ को अग्रता बनाउँदै जित सुनिश्चित गर्न सफल भयाे ।
जिल्ला प्याब्सन काठमाडौंको आयोजना तथा नगर प्याब्सन, तार्केश्वरको संयोजनमा भएको प्रतियोगितामा केभीसी तेश्रो भयो । केभीसीले टीआईएलाई २८–११ ले हरायो । केभीसीका लागि समर्पण नगरकोटीले ११ अंक जोड्नुभयाे ।
शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।
रेडियन्टका अमोसन मोक्तान ‘मस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयाे । प्रतियोगिताभर ६० स्कोर गरेका न्युटनका उज्ज्वल श्रेष्ठ सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहनुभयाे ।
विजेतालाई केन्द्रीय प्याब्सनका सहअध्यक्ष गोपाल आचार्य, जिल्ला प्याब्सन, काठमाडौंका अध्यक्ष नवराज भट्ट, जिल्ला प्याब्सन, काठमाडौंका उपाध्यक्ष एवं इसीए विभाग प्रमुख धनबहादुर पुन, नगर प्याब्सन, तार्केश्वरका अध्यक्ष गोपाल बुढाथोकीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयाे ।
चारदिने प्रतियोगितामा ३६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । लालीगुराँससंगै प्रतियोगिताका खेलहरु एन्जल्स हार्ट र हिमरिश्म स्कुलमा पनि खेलाइएको थियो ।
तेक्वान्दो टोली चीन जाँदै
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
तेश्रो काष्ठमण्डप कप बास्केटबलमा काष्ठमण्डप र दीक्षालय फाइनलमा
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
भ्याली पब्लिकका तीन टोली क्वाटरफाइनलमा
पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि
किस्क र एलाइटलाई ओएसिस कप
प्रतिक्रिया