प्राइम बैंकका पूर्वसिइओ मानन्धरको निधन
नेपालको आर्थिक तथा बैंकिङ्ग इतिहासमा दीर्घ सेवाका साथ महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वबीच उहाँकाे नाम अग्रपंक्तिमा आउने गर्दछ ।
प्राइम कमर्सियल बैंक लि.को स्थापनादेखि लामो समयसम्म नेतृत्व गर्नुभएका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको ८३ वर्षको उमेरमा मंसिर २१ गते निधन भएको छ ।
सन् १९६९ मा भूमिसुधार तथा वचत निगमको शाखा प्रमुखको रुपमा सेवा प्रवेश गर्नुभएका मानन्धरले राष्ट्रिय धानचामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंक लि.को प्रथम श्रेणीको विभागीय प्रमुख र पछि नायब महाप्रबन्धक, धानचामल निर्यात कम्पनीको महाप्रबन्धक, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमा परामर्शदाता, राष्ट्रिय वाणिज्य बैंकको कार्यकारी सञ्चालक, लुम्बिनी बैंक लि.को प्रमुख कार्यकारी अधिकृत विश्व बैंकको जलविद्युत विकास कोष र नेपाल बङ्गलादेश बैंक लि हुँदै अन्तमा प्राइम कमर्सियल बैंक लि.को प्रमुख कार्यकारी अधिकृतबाट सेवा निवृत्त हुनुभएको थियो ।
नेपालको आर्थिक तथा बैंकिङ्ग इतिहासमा दीर्घ सेवाका साथ महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वबीच उहाँकाे नाम अग्रपंक्तिमा आउने गर्दछ । उहाँको देहावसानबाट नेपालको आर्थिक जगतले अपूरणीय क्षति व्यहोर्नु परेको छ ।
मास्टरकार्ड नेटवर्कअन्तर्गत नबिल बैंककाे नयाँ डेबिट कार्ड
ग्लाेबल आइएमई बैंककाे साभारणसभा सम्पन्न
आइएमईको २५ औँ वार्षिक साधारण सभा सम्पन्न
'सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक
महालक्ष्मी विकास बैंककाे छुट सम्झाैता
प्रभु महालक्ष्मी लाइफको एचिभर्स अवार्ड समारोह सम्पन्न
राज्यले निजी क्षेत्रकाे याेगदानलाई आत्मसात गर्नुपर्छ : ढकाल
प्रतिक्रिया