देशको माया (बालकथा)
रमा गुरुआमाले 'जननी जन्म भुमीश्च स्वर्गादपी गरियसी' भन्दै 'तिमीहरुलाई यस्को अर्थ थाहा छ ?' भनेर सोध्नुभयो । कसैले पनि जवाफ दिन सकेनन् । सबै केटाकेटी जिल्ल परे ।
एउटै कक्षा पाँचमा पढ्ने रमेश, दीपेश र गौतमको घर नजिकै भएकोले सङ्ग सङ्गै गफ गर्दै स्कुल जाने, फर्कने गर्दछ्न् ।
एक दिन उनीहरुको गफको विषय 'देशको माया' थियो किनकि त्यो दिन रमा गुरुमाले कक्षामा देश सेवाबारे पढाउनुभएको थियो । जुन कुरा उनीहरुलाई चित्त बुझेको थियो ।
कक्षामा गुरुमा रमाले 'आज देशको माया भन्ने विषयमा तिमीहरुलाई केही कुरा बताउँछु' भन्नुभयो । त्यसो भनेको सुन्दा गौतमलाई आजकलका केटाले केटीलाई, केटीले केटालाई 'म तिमीलाई माया गर्छु भन्ने जस्तै तरिका त त होला नि' भनेर सुन्न मन लागेको थिएन ।
उसले गौतमलाई बिस्तारै कानमा 'यस्तो कुरा सबैलाई थहा छ नि, किन मिसले कक्षामा भन्नपर्छ र' भन्यो तर रमा गुरुआमाले 'जननी जन्म भुमीश्च स्वर्गादपी गरियसी' भन्दै 'तिमीहरुलाई यस्को अर्थ थाहा छ ?' भनेर सोध्नुभयो ।
कसैले पनि जवाफ दिन सकेनन् । त्यो विषयबारे उनीहरुलाई कसैले केही पनि सुनाएको अथवा सिकाएको थिएन । सबै केटाकेटी जिल्ल परे । गुरुमा रमाले भन्नुभयाे– 'यसकाे अर्थ हाे– जन्म दिने आमा र जन्मिएको भूमि अर्थात् आफ्नो देश स्वर्गभन्दा पनि ठूलो हुन्छ ।'
त्यसपछि सबै विद्यार्थीले बुझेकाे संकेत गरे ।
'तिमीहरुले अब यस्को अर्थ बुझेपछि के गर्न पर्छ त ?' गुरुमाले सोध्नुभयो ।
सबै विद्यार्थीले हात उठाएर 'सबभन्दा पहिले हाम्री जन्म दिने आमा र मातृभूमिको सेवा र सदभाव गर्नुपर्छ । आफ्नी जन्म दिने आमाले भनेको मान्ने, उनलाई सकेको सबै सहयोग गर्ने गर्नुपर्छ । स्कुलको पढाई नबिगारीकन घरभित्रको काममा पनि सहयोग गर्ने । घरभित्रको काम गर्न अरुले के भन्लान् भनेर लाज मान्न हुन्न । त्यस्तै आफ्नो जन्मभूमिलाई पनि आमा नै जस्तो गरी सेवा गर्नु पर्छ ।'
'जन्मभूमिलाई कसरी माया गर्ने त म्याम ?" भनेर दीपेशले हात उठाएर साेध्याे ।
आजका बालबालिका तिमीहरु भोलिको ठूला व्यक्ति हौ । देश विकास गर्ने जिम्मा तिमीहरुकै हातमा हुन्छ । नेता असल भएनन् भने देशको विकास हुँदैन ।त्यसैले अहिलेदेखि तिमीहरु केटाकेटी दुबै अनुशासित, कर्मशिल हुनुपर्छ । अहिलेदेखि पढाइमा ध्यान दिने, सानो ठूलो नभनीकन काम गर्ने, सहयोगी बन्नु पर्छ । आफ्नालाई मात्र होइन अरुलाई पनि सकेको सहयोग र सद्भाव राख्ने गर्नुपर्छ ।
'त्यसो गर्दा जन्म दिने आमा र मातृभूमिको सेवा गरेको हुन्छ त मिस ?' भनेर गौरीले हात उठाएर सोधिन् ।
'हुन्छ गौरी । गर्ने नै त्यही हो । जन्मभूमि र जन्म दिने आमाको सेवा सबै नागरिकले तनमनले गर्ने हाे भने हाम्रो वीर गोर्खालीको देश नेपाल विश्वमा महान् बन्ने छ । बुझ्यौ त तिमीहरुले ?
त्यो दिन कक्षाका सबै विद्यार्थी घर पुगेर पहिले ताजा भएर गृहकार्य गरे । त्यसपछि बाआमालाई आजदेखि म पनि घरभित्रको काममा आमालाई मद्दत गर्छु भन्दै जुठो भाँडा माझ्ने, घरअगाडि, पछाडि बढारेर सफा गर्ने, गमलामा पानी हाल्ने गर्न थाले ।
त्यो देखेर रमेशको बाबा अचम्म पर्दै 'आज मेरो छोरालाई कताबाट यस्तो जाँगर पलायो ? कहिले केही काम नगर्ने, पाएसम्म ग्याजेट हेरेर बस्ने छोरा आज कसरी बदलियो ? भनेर अचम्म परेर साेध्नुभयाे ।
रमेशले 'बुबा आज मिसले कक्षामा जननी जन्म भूमिश्च स्वर्गादपी गरियसी' अर्थात् जन्म दिने आमा र जन्मभूमि समान हुन्छ । त्यसैले हामी जस्ता भोलिका देशका कर्ण्धारहरुले आफ्नो घरभित्र आमाको र बाहिर देशको लागि सेवा गर्नु पर्छ भन्ने पढाउनुभएकाले हाम्रो कक्षाका सबै जना आजदेखि यस्तो बन्ने भनेका छौं । नपत्याए गौतमको बुबालाई फोन गरेर सोध्नुस् त' भन्यो ।
रमेशका बुबाले पनि असल गुरुको असल शिक्षा भन्ने सोच्दै गौतम र दीपेशका बुबालाई छोराहरुमा आएको परिवर्तनबारे सोध्नुभयाे । नभन्दै ती सबै केटाकेटी 'देशको माया गरे बिकास पनि हुन्छ' भन्ने नारासहित सुकर्ममा लागेको थहा पाएर खुशी भए ।
अमेरिका
प्रतिक्रिया