बिहीबार ०१ माघ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि

पुष्पसदन सिनियर ब्वाइज, ग्रिनफिल्ड जुनियर ब्वाइज र स्वर्णिम गर्ल्सकाे थ्री बाइ थ्रीमा च्याम्पियन बने ।

आयोजक पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।

पुष्पसदन सिनियर ब्वाइज, ग्रिनफिल्ड जुनियर ब्वाइज र स्वर्णिम गर्ल्सकाे थ्री बाइ थ्रीमा च्याम्पियन बने ।

कीर्तिपुरस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा पुष्पसदनले राराहिललाई ७३–४५ ले सहजै पराजित गर्‍यो । पुष्पसदनका सम्राट लामाले १९ स्कोर गर्नुभयाे ।

जुनियर ब्वाइजको फाइनलमा ग्रिनफिल्डले राराहिललाई २८–२५ ले हरायो । ग्रिनफिल्डका लागि सोहन नेवाले १० अंक जोड्नुभयाे ।

गर्ल्सको उपाधि भिडन्तमा स्वर्णिमले पुष्पसदनलाई १०–३ ले पाखा लगायो । स्वर्णिमकी हिसी ल्हामु लामाले ५ अंक जोड्नुभयाे ।

सिनियर ब्वाइजमा पुष्पसदनका सुशान सोजु श्रेष्ठ, जुनियर ब्वाइजमा ग्रिनफिल्डका किस्मत ढकाल र सिनियर गर्ल्समा हिसी ल्हामु लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयाे ।

सिनियर ब्वाइजमा मेगसका सिमोन सिजाली, जुनियर ब्वाइजमा पुष्पसदनका विनम्र थापा मगर र सिनियर गर्ल्समा निःसर्ग वाटिकाकी इशाना श्रेष्ठ उदीयमान खेलाडी  चुनिनुभयाे ।

सिनियर ब्वाइजमा युनाइटेड युनिभर्सल, जुनियर ब्वाइजमा बाघभैरव र सिनियर गर्ल्समा कुलेश्वरले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, कीर्तिपुर नगरपालिका वडा ९ का अध्यक्ष दिनेश श्रेष्ठ, पुष्पसदनका संस्थापक अध्यक्ष महेश श्रेष्ठ, प्रिन्सिपल मनीषा श्रेष्ठ र भाइस प्रिन्सिपल निमा लामा, पुष्पसदनका पूर्व विद्यार्थी राष्ट्रिय पुरुष बास्केटबल टोलीका निश्चल महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयाे ।

कात्तिक २२ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा १९, जुनियर ब्वाइजमा ७ र गर्ल्समा २५ टिमले प्रतिस्पर्धा गरेका थिए ।

स्किब्स र राइजिङ स्टारको विजयी सुरुआत
स्किब्स र राइजिङ स्टारले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार विजयी सुरुआत गरेका छन् ।

स्किब्सले पिपुल्स एकेडेमीलाई २२–२० ले पराजित गर्‍यो । स्किब्सका सोहन ठकुरीले १३ अंक योगदान गरे । रिजन थापाको ६ अंक सहयोगमा राइजिङ स्टारले आयोजक रेडियन्ट पब्लिक ‘बी’ लाई २४–९ ले हरायो ।

सोही स्पर्धामा विस्डमले एलेन मेमोरियललाई २०–९ तथा केभीसीले श्री नवीन ज्योतिलाई २८–१७ ले पाखा   लगाए । विस्डमका सौगातले १० तथा केभीसीका आरोनलाल श्रेष्ठले १५ अंक जोड्नुभयाे ।

जुनियर ब्वाइजमा नवीन ज्योतिले गोल्डेन फ्लावरलाई १३–५ तथा एआईले केभीसीलाई ६–२ ले पन्छाए । नवीन ज्योतिका युनिकेश तामाङ ४ तथा केभीसीका आरुस बुढाथोकीले समान ४–४ स्कोर गर्नुभयाे ।

स्युचारटारस्थित आयोजक रेडियन्टको कोर्टमा भएको सिनियर गर्ल्सको प्रतिस्पर्धामा गोल्डेन फ्लावरले केभसीलाई २४–७ तथा नवीन ज्योतिले न्यु जेनिथलाई २१–१० ले पराजित गरे । गोल्डेन फ्लावरकी सिमरन पाण्डेले १२ तथा नवीन ज्योतिकी अविना दानीले १० स्कोर गर्नुभयाे ।

प्रतियोगिताको रेडियन्टका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. लक्ष्मणसिंह कुँवर, नागर्जुन नगरपालिका वडा ९ का सदस्यद्वय लक्ष्मण बुढाथोकी र राजकुमार भट्टराई तथा प्रिन्सिपल सूर्यबहादुर केसीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गर्नुभयाे ।

मंसिर १० गतेसम्म हुने प्रतियोगिताको सिनियर ब्वाइजमा २५ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिम सहभागी छन् ।