विनाेदीलाई माधव वियाेगी साहित्य पुरस्कार, उदासी र घिमिरेलाई सम्मान
माधव वियाेगी साहित्य पुरस्कारकाे राशि रु.२५ हजार र सम्मानहरूकाे राशि पाँच–पाँच हजार रहेकाे छ ।
यस वर्षकाे माधव वियाेगी साहित्य पुरस्कार नवलपुरका कवि गाेविन्दराज विनाेदीलाई प्रदान गरिने भएकाे छ ।
उत्कृष्ट कविता-काव्य सिर्जना गरी नेपाली भाषासाहित्यकाे विशिष्ट सेवा गरेवापत कवि विनाेदीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएकाे माधव वियाेगी वाङमय प्रतिष्ठान नेपालले जनाएकाे छ ।
प्रतिष्ठानका अध्यक्ष नवराज बरालकाे अध्यक्षतामा बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।
प्रतिष्ठानका सचिव शिव त्रिपाठीले दिनुभएकाे जानकारीअनुसार माधव वियाेगी सम्मान कास्कीका नाट्यकर्मी कृष्ण उदासी र लमजुङका आधुनिक बालसाहित्यकार रमेशचन्द्र घिमिरेलाई प्रदान गर्ने निर्णय भएकाे छ ।
नेपाली नाटक र आधुनिक बालसाहित्यकाे उन्नयनमा निरन्तर साधना गरेवापत उदासी र घिमिरेलाई सम्मान प्रदान गर्न लागिएकाे प्रतिष्ठानले जनाएकाे छ । माधव वियाेगी साहित्य पुरस्कारकाे राशि रु.२५ हजार र सम्मानहरूकाे राशि पाँच–पाँच हजार रहेकाे छ ।
उल्लेखित पुरस्कार तथा सम्मानहरू छन्दनायक माधव वियाेगीकाे जन्मदिनका अवसरमा कात्तिक २९ गते पाेखरामा आयाेजित कार्यक्रममा प्रदान गरिने छ ।
कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ देखि
लालीगुराँस र सत्य साइलाईले जिते अन्तरविद्यालय बास्केटबलको उपाधि
दुई दिने साहित्यिक यात्रा : विद्यालयलाई पुस्तक हस्तान्तरण
घर नफर्किएका विद्यार्थीको खोलामा तैरिएको खुसी
किन निराश र चिन्तित छ पछिल्लाे पुस्ता ?
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिता कात्तिक १४ र १५ मा
युराेपमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव
प्रतिक्रिया