किन निराश र चिन्तित छ पछिल्लाे पुस्ता ?
यो पुस्ताका बालबालिका आफूलाई मन पर्ने कार्टुन हेर्न वा गेम खेल्न पाएनन् भने घर नै थर्काउने गरी झगडा गर्न, रुन, चिच्याउन थाल्छन् ।
अहिलेको सबैभन्दा पछिल्लो पुस्तालाई जेनेरेसन–अल्फा भनिन्छ । अर्थात् सन् २०१० देखि सन् २०२५ को बीचमा जन्मेका बालबालिकालाई जेनेरेसन–अल्फा अर्थात् जेन अल्फा मानिन्छ ।
जेन–अल्फाहरू बढीमा १४ देखि १५ वर्षका छन् तर यहाँ यो पुस्ताका बालबालिकाले कलिलो उमेरमै डिप्रेसन र एन्जाइटीको सामना गरिरहेका छन् ।
धेरै सर्वेक्षणमा ६ देखि ८ वर्षका बालबालिका डिप्रेसनमा जाने र आत्महत्याको प्रयाससमेत गर्ने गरेको पाइएको छ ।
जेनेरेसन अल्फाका बालबालिकामा केही यस्ता लक्षण देखिएका छन् जुन संसारभर समान छन् ।
सबैभन्दा पहिलो लक्षण छ– डिप्रेसन र एन्जाइटी । जेनेरेसन अल्फाका बालबालिका सबैभन्दा निरास र चिन्तित छन् । यति मात्रै होइन, बालबालिकामा हृदयाघातको समस्या पनि त्यत्तिकै देखा परिरहेको छ ।
जेन अल्फामा देखा परेको अर्को चिन्तित बनाउने लक्षण हो– आक्रोश वा आक्रामक स्वभाव । उनीहरूमा कुनै प्रकारको परिवारिक भावना नै छैन । उनीहरूले भनेको जस्तो भएन भने जोसुकैमाथि आक्रमण गर्न थाल्छन् । आफूलाई मन पर्ने कार्टुन हेर्न वा गेम खेल्न पाएनन् भने घर नै थर्काउने गरी झगडा गर्न, रुन, चिच्याउन थाल्छन् ।
आफ्नै टाउको समेत भुँइँमा ठोक्न थाल्छन् । आमाबाबुलाई समेत हात हाल्ने र घरका सरसामान तोडफोड गर्नेसम्मका व्यवहार देखाउन थाल्छन् ।
तेस्रो धेरै चिन्तित पार्ने लक्षण हो– मूर्खता ।
पछिल्लो समय यो जेनेरेसनलाई पढाउने विश्वभरका शिक्षकहरू निराश भएर राजीनामा दिन थालेका छन् । शिक्षकहरूको अनुभव के छ भने जेनेरेसन अल्फा अहिलेसम्मकै सबैभन्दा मूर्ख पुस्ता हो ।
उनीहरूलाई आधारभूत हिज्जेसम्म थाहा छैन । कुनै पनि विषयमा उनीहरूको क्षमता अन्य जेनेरेसनका बालबालिकाहरूमा भन्दा अति नै न्यून ।
यो जेनरनका औसत बालबालिका यति धेरै मूर्ख छन् कि उनीहरूले शिक्षक शिक्षिकाहरूलाई समेत दुव्र्यवहार गर्ने गर्दछन् ।
विकसित देशहरूमा मात्रै नभएर हाम्रै देश नेपालमा पनि यो समस्या गम्भीर रुपमा देखिएको छ । अमेरिका, युरोप, दक्षिण अफ्रिका तथा एसियाका केही देशहरूमा यो पुस्ताका यस्ता अनौठा व्यवहारहरूमाथि धेरै प्रकारका अनुसन्धान भएका छन् । यो पुस्ताका बालबालिकाहरू आफ्नै भाषा पनि धेरै ढिलो सिकिरहेका छन् ।
आई–प्याडमा दिनभर गेम खेल्नु उनीहरूका लागि लतजस्तै भइसकेको छ । यही आई–प्याडबाट धेरै समस्या सिर्जना भइरहेका छन् । आई–प्याडले सिर्जना गरेको पहिलो समस्या मस्तिष्कको अत्यधिक उत्तेजना हो ।
सन् २०२३ मा संसारभरका धेरै अभिभावकहरूले लोकप्रिय कार्टुन कोकोमेलोन नियमित रूपमा हेर्दा आफ्ना बालबालिकाको दिमागको विकास रोकिएको गुनासो गरेका थिए । उनीहरू सुस्त भएका छन् भाषा पनि ढिलो सिकिरहेका छन् ।
यति मात्रै होइन, यस्ता कार्टुन हेर्न नपाउँदा धेरै आक्रामक हुने गरका छन् । आफूले भनेजस्तो गर्न पाएनन् भने उनीहरू बालबालिका नभएर लागूपदार्थका दुव्र्यसनीको जस्तो लक्षण देखाउन थाल्छन् ।
यो पुस्ताको एउटा सानो बालकले औसत हरेक दिन तीन घन्टा रिल मात्र हेरेर बिताउँछ । यसमा युट्युब भिडियो, टीभी, कार्टुनजस्ता कुरा त समावेश नै गरिएको छैन ।
दिनभर आई–प्याडका सामग्री हेर्ने चक्करमा बालबालिकाको मस्तिष्कका यी भाग विकासित हुनुको सट्टा खुम्चिरहेका छन् । यही कारणले गर्दा न त बालबालिकाहरूले पढाइका लागि बलियो स्मरणशक्ति विकास गर्न ससकेका छन् न उनीहरूमा निर्णय गर्ने क्षमताकै विकास भइरहेको छ ।
दिनभर फोन वा आई–प्याडमै झुन्डिरहने हुनाले उनीहरू सामाजिक रुपमा घुलमिल हुनसमेत पाएका छैनन् । यो नै उदास, चिन्तित र एक्लो पुस्ताको जन्म हुनुको प्रमुख कारण हो ।
जहाँसम्म कार्टुनको कुरा छ, धेरैजसो कार्टुनहरूमा चम्किलो रंग र तीव्र चाल प्रयोग गरिएका हुन्छ । कार्टुनमा बालबालिकाको लत बस्नुको प्रमुख कारण यो पनि हो । यसले बालबालिको दिमागलाई आवश्यकताभन्दा बढी उत्तेजित बनाउने गर्दछ ।
मस्तिष्कका धेरै क्षेत्रहरू एकैचोटि सक्रिय हुन्छन् । यस कारण लामो समयसम्म यस्ता कार्टुन हेर्दे बानी परेका बालबालिकाहरूलाई यदि कार्टुनहरू हेर्न दिइएन भने अति आक्रामक हुने गर्दछन् ।
त्यसैले आमाबाबुले आफ्ना छोराछोरीले कस्ता कार्टुन हेरिरहेका छन् र कति समयसम्म हेरिरहेका छन् भन्ने निगरानी गर्नुपर्ने हुन्छ ।
विनाेदीलाई माधव वियाेगी साहित्य पुरस्कार, उदासी र घिमिरेलाई सम्मान
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिता कात्तिक १४ र १५ मा
युराेपमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव
महात्मा गान्धी : साधारण जीवन, ठूलो प्रेरणा
जेनजी पुस्ता : इन्टरनेटको सहारामा उदाएको नयाँ शक्ति
बाँकेको बाल सुधारगृहमा झडप, ५ जनाको मृत्यु
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीकाे प्रदर्शन (भिडियाे)
प्रतिक्रिया