चङ्गा (बालगीत )
हेरहेर आकाशमा उडे धेरै चङ्गा, आधा पाखे माथि गयो अरू चङ्गा भन्दा !

हेरहेर आकाशमा
उडे धेरै चङ्गा
आधा पाखे माथि गयो
अरू चङ्गा भन्दा
आहा ! हेर चङ्गा पुग्यो
उड्दै धेरै माथि
पानी परे भिज्छ चङ्गा
नपरेकै जाती
चङ्गा छोप्न जाँदा अस्ति
नयाँ नाना फाट्यो
अम्बे चङ्गा काट्छु आज
हिजो त्यसले काट्यो ।
बुद्धनगर, काठमाडौँ
प्रतिक्रिया