स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
कार्यक्रममा लघुकथा विधाको उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउनुभएका १८ जना मूर्धन्य व्यक्तित्वहरूलाई ‘स्रष्टाद्रष्टा सम्मान’ प्रदान गरिनेछ ।

नेपाली साहित्यमा लघुकथा विधालाई सशक्त अग्रयात्रामा अघि बढाउँदै आएको लघुकथा प्रतिष्ठान, नेपाल आफ्नो चौथो वार्षिकोत्सव ऐतिहासिक रूपले मनाउने तयारीमा जुटेको छ ।
सृजनाको सम्मान, नयाँ पुस्ताको प्रोत्साहन र साहित्यिक चेतनाको विस्तारलाई मूल लक्ष्य बनाएको प्रतिष्ठानले यस बर्षको वार्षिकोत्सवलाई ‘सृजनाको उत्सव, सम्मानको अवसर’ भन्ने मूल नारा सहित मनाउने घोषणा गरेको हो ।
२०७८ साल कात्तिक ३ गते स्थापित लघुकथा प्रतिष्ठानले छोटो अवधिमा नै नेपाली साहित्यमा छुट्टै इतिहास निर्माण गरेको छ ।
लघुकथा जस्तो जरा गहिराइमा उमारिएको साहित्यिक विधालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्थापित गर्ने यात्रामा प्रतिष्ठान निरन्तर क्रियाशील छ । संस्थापक अध्यक्ष लक्ष्मी रिजालको शब्दमा, “लघुकथा केवल विधा होइन, यो जीवनको सत्य, संक्षिप्त तर तीखो अभिव्यक्ति हो ।”
देशविदेशका स्रष्टासँग चौथो वार्षिकोत्सव
वार्षिकोत्सव कार्यक्रम आज (कात्तिक ३ गते सोमबार) अनलाइन माध्यममार्फत भव्य रूपमा सम्पन्न हुँदैछ । कार्यक्रममा नेपालका सातवटै प्रदेशदेखि विदेशमा बसोबास गर्ने नेपाली लघुकथाकारको सहभागिता रहनेछ ।
कार्यक्रम लघुकथा लाइभ विशेष संस्करणसहित तीन चरणमा सञ्चालन हुनेछ- शुभकामना सन्देश, लघुकथा वाचन र विश्लेषणात्मक विमर्श ।
कार्यक्रम संयोजनमा एन्जल निलु, रचना शर्मा, मनोहर पोखरेल, लक्ष्मी रिजाल र नन्दलाल आचार्य रहनुहुनेछ । कार्यक्रमका सहजकर्ता मनोहर पोखरेल र रचना शर्मा रहनुहुनेछ ।
स्रष्टाद्रष्टा सम्मान - लघुकथाको यात्राका ज्योति
यस वर्षको कार्यक्रममा लघुकथा विधाको उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउनुभएका १८ जना मूर्धन्य व्यक्तित्वहरूलाई ‘स्रष्टाद्रष्टा सम्मान’ प्रदान गरिनेछ । सम्मानित हुने व्यक्तिहरू यसप्रकार हुनुहुन्छ :
खेमराज पोखरेल, प्रा.डा. खेमराज खनाल, रमेन्द्र कोइराला, दीपक लोहनी, कल्याण पन्त, रामकुमार पण्डित, इन्दिरा चापागाईं, पुण्य कार्की, धीरकुमार श्रेष्ठ, मनीषकुमार शर्मा ‘समित, त्रिलोचन ढकाल, डा. कुसुमाकर शर्मा, डा. पुष्करराज भट्ट, ममता मृदुल, निरज कोइराला, खगेन्द्र बस्याल, प्रा.डा. कपिल लामिछाने, मन्दिरा मधुश्री ।
उहाँहरू लघुकथा मात्र होइन, नेपाली साहित्यिक चेतनाका उज्यालो दीप हुनुहुन्छ । कार्यक्रमका संयोजक नन्दलाल आचार्य भन्नुहुन्छ, “यी सम्मानित द्रष्टा उही पहाड हुन् जसको पाखामा आज हजारौँ नयाँ स्रष्टाले हरियाली पाएका छन् ।”
८८ लघुकथाको सङ्ग्रहसहित "सन्दर्भ" पत्रिका लोकार्पण
कार्यक्रमको अर्को आकर्षण लघुकथा प्रतिष्ठानद्वारा प्रकाशित "सन्दर्भ" विशेषाङ्क को लोकार्पण हो ।
यस विशेषाङ्कमा ८८ जना स्रष्टाका ८८ लघुकथा समावेश छन् । समाजका समस्या, मानवीय संवेदना, अस्तित्व, प्रेम, सङ्घर्ष र चेतना जस्ता विषयलाई उठान गर्ने भिन्नभिन्न शैलीका ती कथाहरू यसरी प्रस्तुत छन् :
१. कृपा – ललिता ‘दोषी’
२. लेखक बन्ने सपना – रञ्जुश्री पराजुली
३. बाँसुरीको स्वर – रोजिना धमला
४. कालो उज्यालो – लक्ष्मी रिजाल
५. प्रकाश – नन्दलाल आचार्य
६. मायालु दृष्टि – गजल आचार्य
७. डाक्टरको राज्य – रन्जना रिजाल
८. अमूल्य – अन्जु शर्मा
९. आन्दोलन – सुरेशकुमार पाण्डे
१०. प्रभाव – रासा
११. ए दशै पनि आएछ – अम्बिका प्रसाद कोइराला
१२. जोइटिङ्ग्रे – सन्जिता भट्टराई
१३. गन्तव्य – हरि आचार्य
१४. दस्तुर – लता केसी
१५. घाउ – किशोर पहाडी
१६. गन्तव्य – राजन कार्की
१७. योग्य – तुलसी पण्डित
१८. सल्लाह – सोमकुमार सुब्बा
१९. एनोमिया – मनीषकुमार शर्मा ‘समित’
२०. निर्देशन – डा. पुष्करराज भट्ट
२१. सहिद – प्रार्थना खनाल
२२. ठूली – मनोहर पोखरेल
२३. क्षतिपूर्ति – माधव चौलागाईं
२४. अधूरो निर्णय – नारायण नाथ योगी
२५. सत्यतथ्य – इन्द्रकुमार श्रेष्ठ ‘सरित्’
२६. लाइन – मित्र उराठी गौतम
२७. सरकार – नारायण कोइराला
२८. शुभकामना – खगेन्द्र बस्याल
२९. रगत – समर भण्डारी
३०. दशैं – स्वस्तिका सिम्खडा
३१. खिया – गंगा खड्का
३२. बा – सुमन राई
३३. पूर्वजन्म – रमेश सुबेदी
३४. कार्वाही – कल्याण पन्त
३५. जीवन सङ्घर्ष – प्रा.डा. खेमराज खनाल
३६. जिम्मेदारी – किरण आचार्य
३७. आमा – रमेन्द्र कोइराला
३८. अन्त्येष्टि – कपिल लामिछाने
३९. सिरक – दिलीपकुमार शर्मा
४०. मनोदशा – बाबुराम न्यौपाने
४१. मितव्ययिता – रचना शर्मा
४२. मौन समर्थन – मणिराज भट्टराई
४३. झोले – पुण्य कार्की
४४. पिँजडा घर – निर्मला बराल
४५. खरो विचार – नीलम कुमार पौड्याल
४६. विसङ्गति – अम्बिका धिताल
४७. ऐँठन – शुक्रराज कुँवर
४८. गर्व – उमानाथ दाहाल
४९. पुस्ता – त्रिलोचन ढकाल
५०. उज्यालोको शपथ – राजेश विद्रोही
५१. दशैं – लक्ष्मण ज्ञवाली
५२. को ठिक? – श्री पोखरेल
५३. तलब – जिना राणा
५४. पुरोहित फेरौँ – प्रेम घिमिरे
५५. जिद्दी – गङ्गा कर्माचार्य पौडेल
५६. यो कोठा मेरो हो — हरि कट्टेल
५७. बिक्रीमा – दीपक लोहनी
५८. दुर्घटना – बालकृष्ण गजुरेल
५९. धोकेबाज – ध्रुवराज थापा
६०. टीका – रञ्जु खनाल
६१. योजना – लक्ष्मीकान्त चौधरी
६२. आन्दोलन – सीताराम नेपाल
६३. सम्पदा – कुमार काफ्ले
६४. रुख–छाया – नर पल्लव
६५. उपदेश – डा. टीकाराम पोखरेल
६६. एकराते ईश्वर – धिरज बराल
६७. व्रीडा – लोकनाथ पुडासैनी
६८. रनभुल्ल – रामकुमार पण्डित
६९. गुन्जन – मुना अर्याल
७०. शिक्षा – नारदप्रसाद आचार्य
७१. गणतन्त्र – डा. कुसुमाकर शर्मा
७२. इच्छा – वसन्त अनुभव
७३. सुनसान आँगन – लक्ष्मी रेग्मी
७४. परिणाम – शान्ता तिम्सिना
७५. क्रान्तिकारी? – कौशल चेम्जोङ
७६. अप्रकाशित – टीकाराम जोशी
७७. थुतुनो – टंकबहादुर आलेमगर
७८. विरुद्ध भ्रष्टाचार – भैरव गेलाल
७९. मास्क – नरोत्तम श्रेष्ठ
८०. रेकर्ड – ईश्वर पोखरेल
८१. झूट – विश्वराज अधिकारी
८२. बहस – कमला भट्टराई
८३. प्रेम थियो कि बाध्यता – एन्जल निलु
८४. विदेशमोह – ईश्वरप्रसाद लामिछाने
८५. आमाको मन – विमला देव
८६. फिजुल खर्ची – अल्पविराम पोखरेली
८७. सप्तरङ्गी टीका – गरिमा आचार्य
८८. बाको बाकस – सुनिता निरौला पौडेल

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया