युराेपमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव
युरोपका २५ देशहरूले यसअघि नै यस्तो योजनालाई समर्थन गर्दै बच्चाहरूलाई अनावश्यक अनलाइन प्रयोगबाट टाढा राख्ने प्रतिबद्धता जनाएका छन् ।
युरोपका सांसदहरूले १६ वर्षभन्दा कम उमेरका बालबालिकाले अभिभावकको अनुमतिबिना सामाजिक सञ्जाल र एआई (कृत्रिम बुद्धिमत्ता) का अनलाइन सेवा प्रयोग गर्न नपाउने व्यवस्था गर्ने नयाँ प्रस्ताव ल्याएका छन् ।
युरोपेली संसदको एक समितिले तयार पारेको प्रतिवेदनमा भनिएको छ– १६ वर्षभन्दा कम उमेरका बच्चाहरूलाई त फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोगमा पहुँच स्वाभाविक पहुँच दिनु हुँदैन ।
यो प्रस्तावको मुख्य उद्देश्य हो– बच्चाहरूलाई इन्टरनेटमा देखिने खराब र हानिकारक सामग्रीबाट जोगाउनु । सांसदहरूले भनेका छन्, अनलाइनका केही भिडियो, खेल र सन्देशहरूले बालबालिकाको मन र सोचमा खराब असर पारिरहेका छन्, त्यसैले अब कडा नियम बनाउनु जरुरी छ।
सांसद क्रिस्टेल शाल्डेमोसले भन्नुभयाे, “हामी चाहन्छौं कि बच्चाहरूको अनलाइन प्रयोग अझ सुरक्षित होस् । त्यसका लागि उच्च नियन्त्रण र अभिभावकको भूमिका धेरै महत्त्वपूर्ण छ ।”
यो प्रस्तावले बालबालिकालाई लत लाग्ने खेल, हिंस्रक भिडियो र अनलाइन जुवाजस्ता कुराबाट टाढा राख्ने योजना पनि ल्याएको छ । कुनै पनि अनलाइन प्लेटफर्मले बालबालिकालाई नकारात्मक असर पार्ने सामग्री बनाउन वा प्रयोग गर्न प्रोत्साहित गर्न नपाउने भनिएको छ ।
अब यो प्रस्ताव नोभेम्बर २४ देखि २७ बीच युरोपेली संसदको ठूलो बैठकमा मतदानका लागि पेस गरिनेछ।
युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले पनि यस कदमको समर्थन गर्दै भन्नुभयाे, “हामी बालबालिकाको अनलाइन सुरक्षा थप बलियो बनाउन नयाँ उपायबारे काम गर्दैछौं ।”
युरोपका २५ देशहरूले यसअघि नै यस्तो योजनालाई समर्थन गर्दै बच्चाहरूलाई अनावश्यक अनलाइन प्रयोगबाट टाढा राख्ने प्रतिबद्धता जनाएका छन् ।
– एएफपीकाे सहयाेगमा
विनाेदीलाई माधव वियाेगी साहित्य पुरस्कार, उदासी र घिमिरेलाई सम्मान
किन निराश र चिन्तित छ पछिल्लाे पुस्ता ?
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिता कात्तिक १४ र १५ मा
महात्मा गान्धी : साधारण जीवन, ठूलो प्रेरणा
जेनजी पुस्ता : इन्टरनेटको सहारामा उदाएको नयाँ शक्ति
बाँकेको बाल सुधारगृहमा झडप, ५ जनाको मृत्यु
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीकाे प्रदर्शन (भिडियाे)
प्रतिक्रिया