आइतबार ०२ कात्तिक, २०८२

नेपाली समय

Facebook Live Youtube Live

महात्मा गान्धी : साधारण जीवन, ठूलो प्रेरणा

उहाँको विश्वास थियो– “सत्य र अहिंसाबाट नै संसारमा स्थायी परिवर्तन सम्भव छ।” यस विचारले लाखौँ मानिसमा साहस, धैर्य र आत्मबल जगायो ।

सुन्नुहोस्

माेहनदास करमचन्द गान्धी (महात्मा गान्धी) संसारभर सत्य, अहिंसा र सरल जीवनका प्रतीकका रूपमा चिनिनुहुन्छ ।

उहाँको जन्म २ अक्टोबर १८६९ मा भारतकाे गुजरातमा भएको थियो ।

बाल्यकालदेखि नै उहाँ सत्यनिष्ठ र इमानदार हुनुहुन्थ्यो । एकपटक विद्यालयमा परीक्षाका क्रममा शिक्षकले अरूको उत्तर हेर्न इशारा गर्दा उहाँले स्पष्ट रूपमा अस्वीकार गर्नुभयो र भन्नुभयो– 'म झूट बोल्दिन, सर।'

यही प्रसङ्गले उहाँको जीवनभरको आदर्श (सत्यमा अटल रहने) प्रष्ट पार्दछ ।

उहाँको जीवन सधैं साधारण रह्यो । सादा कपडा लगाउनुहुन्थ्याे । आफ्नै हातले चर्खामा कपडा कात्ने अभ्यासले उहाँकाे आत्मनिर्भरता र श्रमप्रतिकाे झुकाव देखाउँछ।

उहाँ भन्नुहुन्थ्यो, 'म देशका गरीब मानिसजस्तै बाँच्न चाहन्छु ताकि उनीहरूको पीडा बुझ्न सकूँ।”

विलासिता र फजुल खर्चबाट टाढा रहँदा उहाँको जीवन सरल भए पनि आदर्शपूर्ण थियो ।

भारत फर्केर १९१५ मा स्वतन्त्रता आन्दोलनमा सक्रिय बन्नुभएका गान्धीले १९२०–२२ को असहयोग आन्दोलन, १९३० को सत्याग्रह र १९४२ को ‘भारत छोड़ो’ आन्दोलन जस्ता शान्तिपूर्ण अभियानहरू सञ्चालन गर्नुभयो ।

उहाँको विश्वास थियो– “सत्य र अहिंसाबाट नै संसारमा स्थायी परिवर्तन सम्भव छ।” यस विचारले लाखौँ मानिसमा साहस, धैर्य र आत्मबल जगायो ।

उहाँले झूट नबोल्ने, अरूलाई माया गर्ने, सादा जीवनमा सन्तोष मान्ने र आफ्ना काम आफ्नै हातले गर्ने आदर्श सिकाउनुभयो ।

गान्धीको जीवनले देखाउँछ कि ठूलो बन्नका लागि धन र शक्ति होइन, मनको शुद्धता र चरित्रको बल आवश्यक हुन्छ ।

महात्मा गान्धीको सरल जीवन, सत्य र अहिंसाको सन्देश आज पनि सबैका लागि प्रेरणादायी छ । उहाँको निधन ३० जनवरी १९४८ मा भारतकाे दिल्लीमा भएको थियो ।