'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'
'भोटेकोसी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोसी पावर कम्पनीबीच निःशुल्क सेयर दिने कुनै पनि प्रकारको सहमति भएको छैन ।’
भोटेकोसी पावर कम्पनी प्रालिले जेनजीसँग निःशुल्क सेयर दिने सहमति नभएको स्पष्ट पारेको छ ।
कम्पनीले भोटेकोसी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेडसँग निःशुल्क सेयर वितरण गर्ने कुनै प्रकारको सहमति नभएको स्पष्ट पारेको हो ।
कम्पनीले बुधवार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भोटेकोसी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोसी पावर कम्पनीबीच निःशुल्क सेयर दिने कुनै पनि प्रकारको सहमति भएको छैन ।’
कम्पनीका अनुसार जेनजी पब्लिक इन्भेस्टमेन्टले भोटेकोसी पावर कम्पनीकाे १० प्रतिशत सेयर खरिदका लागि आवेदन दिने तयारी गर्दै छ । जसअन्तर्गत जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई उक्त कम्पनीको सेयर धनी बनाइनेछ ।
कम्पनीले प्रतिसेयर अङ्कित मूल्य १०० का दरले १० प्रतिशत सेयर त्यस कम्पनीलाई बिक्री गर्ने व्यवस्था मिलाएको छ । ‘यसरी सेयर खरिद गर्ने व्यवस्था निःशुल्क सेयर वितरण होइन, त्यसैले यस विषयमा भ्रममा नपर्न अनुरोध गर्छ,’ कम्पनीले भनेको छ ।
विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'
प्रतिक्रिया