'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'
'भोटेकोसी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोसी पावर कम्पनीबीच निःशुल्क सेयर दिने कुनै पनि प्रकारको सहमति भएको छैन ।’

भोटेकोसी पावर कम्पनी प्रालिले जेनजीसँग निःशुल्क सेयर दिने सहमति नभएको स्पष्ट पारेको छ ।
कम्पनीले भोटेकोसी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेडसँग निःशुल्क सेयर वितरण गर्ने कुनै प्रकारको सहमति नभएको स्पष्ट पारेको हो ।
कम्पनीले बुधवार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भोटेकोसी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोसी पावर कम्पनीबीच निःशुल्क सेयर दिने कुनै पनि प्रकारको सहमति भएको छैन ।’
कम्पनीका अनुसार जेनजी पब्लिक इन्भेस्टमेन्टले भोटेकोसी पावर कम्पनीकाे १० प्रतिशत सेयर खरिदका लागि आवेदन दिने तयारी गर्दै छ । जसअन्तर्गत जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई उक्त कम्पनीको सेयर धनी बनाइनेछ ।
कम्पनीले प्रतिसेयर अङ्कित मूल्य १०० का दरले १० प्रतिशत सेयर त्यस कम्पनीलाई बिक्री गर्ने व्यवस्था मिलाएको छ । ‘यसरी सेयर खरिद गर्ने व्यवस्था निःशुल्क सेयर वितरण होइन, त्यसैले यस विषयमा भ्रममा नपर्न अनुरोध गर्छ,’ कम्पनीले भनेको छ ।

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

प्रतिक्रिया