नेपाली खेलाडीलाई अष्ट्रेलियामा सम्मान
सम्मानित हुने खेलाडीमा आर्यन शाही, प्राज्ना महर्जन र सुरम्या शाक्य हुनुहुन्छ ।

डब्लुटीटी युथ कन्टेन्डर प्रतियोगितामा सहभागी खेलाडीसहित नेपाली टेबलटेनिस टोलीलाई एनआरएनए वेस्टर्न अष्ट्रेलियाले सम्मान गरेको छ ।
अक्टोबर ८ देखि ११ तारिखसम्म अष्ट्रेलियाको पर्थमा भएको प्रतियोगितामा सहभागी ३ खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकसहित ५ जना सम्मानित भएका हुन् ।
सम्मानित हुने खेलाडीमा आर्यन शाही, प्राज्ना महर्जन र सुरम्या शाक्य हुनुहुन्छ । त्यसैगरी प्रशिक्षकमा राकेश महर्जन तथा टोली व्यवस्थापकमा अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन सम्मानित हुनुभएकाे छ ।
उहाँहरुलाई एनआरएनए वेस्टर्न अष्ट्रेलियाका स्टेट को–ओर्डिनेटर हरिवंश सन्जेल, एनआरएनए वेस्टर्न अष्ट्रेलियाका अध्यक्ष नवीन भण्डारी, नेपाली एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलियाका पूर्व अध्यक्ष आङ दावा शेर्पा र टेबलटेनिसका पूर्व नेपाल च्याम्पियन अजय सुवालले एक कार्यक्रमबीच सम्मान गर्नुभएकाे हाे ।
नेपाली टोली पर्थबाट अक्टोबर १४ देखि १८ तारिखसम्म हुने टेबलटेनिस प्रशिक्षण शिविरमा सहभागी हुन थाइल्यान्ड जाने छ ।

एरिकालाई सम्मान
_Tui7WB7WCK_nqiyapo1rsiothk1o2uryt3erwhztvs1adsyr4kxdy1tft7ium6rh628bpec_Ah9uwaOMeJ_bn0vszqzv9yngvgtzsrclzwb8nuetcrfp3dtegh15z60xvyxzonjudmjibht.jpeg)
इन्डो–नेपाल कराते शुक्रबारदेखि
एस आईबीएस बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
_111uIAn6sR_jeervyjobdlgxitsltxj723r25hrqw6gwaz8csyuuafsmm8kzlhoeiopnnzo_qq5GwqPZyD_dt7gdkaqcnkbn7bwndinsqivlibul5nxbrl6xaa5p4fuckp2sy46xlop4ait.jpeg)
रिब्स र मल्पी सेमिफाइनलमा
न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

प्रतिक्रिया