तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'
गीतमा यमपञ्चकका पाँच दिनमा गरिने काग पूजा, कुकुर पूजा, लक्ष्मी पूजा, गाई गोरु पूजा र भाइपूजालाई समेटिएको छ ।

तिहार सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र सहर बजारतिर देउसी भैलोका गीत पनि घन्कन थालिसकेका छन् ।
यसै क्रममा गीतकार निर्मलराज पौडेलको 'झिलिमिली तिहारलाई' बाेलकाे तिहारगीत सार्वजनिक भएको छ । गीतमा पौडेलसहित गायिका समान्ता थापा, निरज तिमिल्सना र मनिष पौडेलले स्वर दिनुभएको छ ।
वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गर्नुभएको छ भने मोहित मुनालले संगीत दिनुभएको छ । गीतकार तथा गायक पौडेलले भन्नुभयो, 'बिगत दश–पन्ध्र वर्षअगाडि सम्म देखिँदै आएकाे तिहारकाे राैनक हराउँदै गएकाे महसुस हुन थालेको छ । त्यसै कारण हाम्रा पालाका गीत, संगीत तथा प्रस्तुतिहरुलाई हाम्रा सन्ततिले पनि थाहा पाउन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौं ।”
गीतमा यमपञ्चकका पाँच दिनमा गरिने काग पूजा, कुकुर पूजा, लक्ष्मी पूजा, गाई गोरु पूजा र भाइपूजालाई समेटिएको छ ।नेपालीहरुले तिहार मनाउने शैली, परम्परालगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई गीतमा समेटिएको छ ।
यसअघि पौडेलको दशैं गीत पनि सार्बजनिक भएको थियो ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

प्रतिक्रिया