तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'
गीतमा यमपञ्चकका पाँच दिनमा गरिने काग पूजा, कुकुर पूजा, लक्ष्मी पूजा, गाई गोरु पूजा र भाइपूजालाई समेटिएको छ ।
तिहार सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र सहर बजारतिर देउसी भैलोका गीत पनि घन्कन थालिसकेका छन् ।
यसै क्रममा गीतकार निर्मलराज पौडेलको 'झिलिमिली तिहारलाई' बाेलकाे तिहारगीत सार्वजनिक भएको छ । गीतमा पौडेलसहित गायिका समान्ता थापा, निरज तिमिल्सना र मनिष पौडेलले स्वर दिनुभएको छ ।
वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गर्नुभएको छ भने मोहित मुनालले संगीत दिनुभएको छ । गीतकार तथा गायक पौडेलले भन्नुभयो, 'बिगत दश–पन्ध्र वर्षअगाडि सम्म देखिँदै आएकाे तिहारकाे राैनक हराउँदै गएकाे महसुस हुन थालेको छ । त्यसै कारण हाम्रा पालाका गीत, संगीत तथा प्रस्तुतिहरुलाई हाम्रा सन्ततिले पनि थाहा पाउन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौं ।”
गीतमा यमपञ्चकका पाँच दिनमा गरिने काग पूजा, कुकुर पूजा, लक्ष्मी पूजा, गाई गोरु पूजा र भाइपूजालाई समेटिएको छ ।नेपालीहरुले तिहार मनाउने शैली, परम्परालगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई गीतमा समेटिएको छ ।
यसअघि पौडेलको दशैं गीत पनि सार्बजनिक भएको थियो ।
विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'
प्रतिक्रिया