राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु
चार बालिका भने पौडी खेलेर बाँच्न सफल

रौतहटको गौर नगरपालिका-१, कानुपट्टीस्थित भित्री सडकखण्डमा सोमबार बिहान पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । चार बालिका भने पौडी खेलेर बाँच्न सफल भएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा इन्दल बैठाकी १३ वर्षीया छोरी आस्था कुमारी बैठा, नवल यादवकी १५ वर्षीया छोरी रजनी कुमारी यादव र रूपा बैठाकी १५ वर्षीया छोरी मौसमी कुमारी बैठा छन् ।
राजदेवी नगरपालिका–८, लक्ष्मीपुर टोलका सात बालिका बिहान करिब पौने ११ बजेतिर घाँस काट्न गौरतर्फ आउँदै गर्दा बाटोमा बाढीको पानी जमेको खाल्डोमा पाैडी खेल्दा डुबेर बेपत्ता भएका थिए। सातमध्ये चार जना सकुशल तैरिन सफल भए पनि तीन जना डुबेका थिए।
डुबेर बेपत्ता भएका तीनै जना बालिकालाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएमा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार सकुशल रहेका बालिकाहरूमा १५ वर्षीया मुस्कानकुमारी राम, १३ वर्षीया मुस्कानकुमारी बैठा, १० वर्षीया चन्द्रमुखीकुमारी राम र १५ वर्षीया सुनिताकुमारी बैठा छन्।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

प्रतिक्रिया