राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु
चार बालिका भने पौडी खेलेर बाँच्न सफल
रौतहटको गौर नगरपालिका-१, कानुपट्टीस्थित भित्री सडकखण्डमा सोमबार बिहान पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । चार बालिका भने पौडी खेलेर बाँच्न सफल भएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा इन्दल बैठाकी १३ वर्षीया छोरी आस्था कुमारी बैठा, नवल यादवकी १५ वर्षीया छोरी रजनी कुमारी यादव र रूपा बैठाकी १५ वर्षीया छोरी मौसमी कुमारी बैठा छन् ।
राजदेवी नगरपालिका–८, लक्ष्मीपुर टोलका सात बालिका बिहान करिब पौने ११ बजेतिर घाँस काट्न गौरतर्फ आउँदै गर्दा बाटोमा बाढीको पानी जमेको खाल्डोमा पाैडी खेल्दा डुबेर बेपत्ता भएका थिए। सातमध्ये चार जना सकुशल तैरिन सफल भए पनि तीन जना डुबेका थिए।
डुबेर बेपत्ता भएका तीनै जना बालिकालाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएमा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार सकुशल रहेका बालिकाहरूमा १५ वर्षीया मुस्कानकुमारी राम, १३ वर्षीया मुस्कानकुमारी बैठा, १० वर्षीया चन्द्रमुखीकुमारी राम र १५ वर्षीया सुनिताकुमारी बैठा छन्।
विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
प्रतिक्रिया