एरिकालाई सम्मान
सेमिफाइनलमा हाकोभालाई ७-० ले हराउनुभएकी एरिकाले फाइनलमा मसाक्नीलाई २-० ले निराश पार्नुभएकाे थियाे ।
नेपाल प्रहरीले शुक्रबार अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ ।
विश्व काराते महासंघको आयोजनामा असोज १७ देखि १९ सम्म मलेसियाको क्वालाम्पुरमा भएको डब्लुकेएफ कराते वान सिरिज ‘ए’मा एरिकाले नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जित्नुभएकाे थियाे ।
एरिकाले शुक्रबार कुमिते ६८ केजीमाथिको स्पर्धामा ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेव्स्का जुलियालाई पछाडि पार्दै स्वर्ण जित्नुभएकाे हाे ।
सेमिफाइनलमा हाकोभालाई ७-० ले हराउनुभएकी एरिकाले फाइनलमा मसाक्नीलाई २-० ले निराश पार्नुभएकाे थियाे ।
कराते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी हुनुहुन्छ ।
यसैगरी विश्व कराते महासंघको क्यालेन्डर अनुसार फ्रान्स कराते महासंघको आयोजनामा असोज ३१ गतेदेखि मिति २०८२ कार्तिक २ सम्म पेरिसमा हुने डब्लुकेएफ सिनियर विश्व च्याम्पिनसिप छनोट चरणमा सहभागिता जनाउने स्वनिम मानन्धर, सविना श्रेष्ठलाई बिदाई गरिएको छ ।
प्रतियोगितामा सविनाले महिला ५५ केजीमुनि तथा स्वनिमले पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नुहुनेछ । १३ औ दक्षिण एशियाली का दोहोरो स्वर्ण पदक बिजेता यबम हाल राष्ट्रिय टिमका प्रशिक्षक मन्दे काजी श्रेष्ठले जानकारी गराउनुभयाे ।
उहाँरूलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धीविक्रम शाहले सम्मान, बधाई तथा आगामी प्रतियोगिताका लागि शुभकामना दिनुभयाे ।
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
भ्याली पब्लिकका तीन टोली क्वाटरफाइनलमा
रेडियन्ट पब्लिकलाई प्याब्सन बास्केटबल उपाधि
पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि
किस्क र एलाइटलाई ओएसिस कप
प्रतिक्रिया