आइतबार ०२ कात्तिक, २०८२

नेपाली समय

Facebook Live Youtube Live

भारतमा २० बालबालिकाको मृत्युपछि कफ सिरप उत्पादन गर्ने कम्पनीका मालिक पक्राउ

खोकीको सिरप खाएपछि बालबालिकाको मिर्गौला फेल भएर मृत्यु भइरहेको अनुसन्धानबाट खुलेको थियो ।

भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट २० बालबालिकाको मृत्यु भएपछि उत्पादक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ ।

मध्य प्रदेश प्रहरीले तमिलनाडुको कांचीपुरमस्थित स्रेसन फार्माका मालिक एस‍. रंगनाथनलाई पक्राउ गरेको हाे । यो कम्पनीले उत्पादन गरेको कोल्ड्रिफ नामक खोकीको सिरप सेवनबाट मध्यप्रदेशका २० जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छिन्दवाडाबाट गएको एसआईटीको टोलीले स्रेसन फार्माका मालिक रंगनाथनलाई पक्राउ गरेको हाे ।

छिन्दवाडामा कफ सिरप सेवन गर्दा बालबालिकाकाे मृत्यु भएपछि अक्टोबर ५ मा १२ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरिएको थियो। सेप्टेम्बर ७ देखि परासियामा धेरै बालबालिकाको एकपछि अर्को मृत्यु भइरहेको छ । यसपछि २३ सेप्टेम्बरमा अधिकारीहरूले मृत्युको अनुसन्धान सुरु गरेका थिए ।

खोकीको सिरप खाएपछि बालबालिकाहरूको मिर्गौला फेल भएर मृत्यु भइरहेको अनुसन्धानबाट खुलेको थियो ।

तमिलनाडु औषधि नियन्त्रण विभागको एक प्रतिवेदनले यस कम्पनीको सिरपको एक ब्याचमा ४८.६ प्रतिशत डाइथिलिन ग्लाइकोल रहेको पत्ता लगाएको छ । जुन ‘विषाक्त’ रसायन हो । यसले पहिले गाम्बिया, उज्बेकिस्तान र भारतमा बाल मृत्यु निम्त्याएको छ।

मध्य प्रदेश औषधि नियन्त्रण विभागले ४ अक्टोबरमा खोकीको सिरपमा प्रतिबन्ध लगाएको थियो । 

(बिबिसीकाे सहयाेगमा)