सिचु पाठशालामा शुभकामना तथा सांस्कृतिक कार्यक्रम (भिडियाे)
विद्यालयका शिक्षिकाले प्रस्तुत गरेको नृत्य कार्यक्रममा उपस्थित अभिभावक र विद्यार्थीले निकै मन पराएका थिए ।
विजया दशमीको पावन अवसरमा टोखा नगरपालिका–३, लाम्नेपाचामा अवस्थित सिचु पाठशालाले बुधबार शुभकामना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको सुरुवातमा देवी पूजा गरिएको थियो । त्यसपछि विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै विविध सांस्कृतिक प्रस्तुति देखाएका थिए ।
कार्यक्रममा बालबालिकाले नृत्य, गायन, कविता वाचनलगायतका प्रस्तुति दिएका थिए । विशेषगरी, नेपालका विभिन्न संस्कृतिलाई झल्काउने पोसाक प्रदर्शन कार्यक्रम आकर्षणको केन्द्र बनेको थियो । विद्यार्थीहरूले विभिन्न समुदायका परम्परागत पोशाक लगाएर ती पोशाकले कुन संस्कृति वा जातीयतालाई प्रतिनिधित्व गर्दछ भन्ने जानकारी पनि दिएका थिए । यसले उनीहरूलाई केवल मनोरञ्जनमा सीमित नराखी, आफ्नो देशको कला, संस्कृति र परम्परा बुझ्न प्रेरित गरेको विद्यालयले जनाएको छ ।
यति मात्र नभई, कार्यक्रममा शिक्षक–शिक्षिकाले समेत प्रस्तुतिमा सहभागिता जनाएका थिए । विद्यालयका शिक्षिकाले प्रस्तुत गरेको नृत्य कार्यक्रममा उपस्थित अभिभावक र विद्यार्थीले निकै मन पराएका थिए ।
विद्योदय बालबाटिकाकी निर्देशक नमिला शाक्यले विद्यार्थीले प्रस्तुत गरेका कार्यक्रमलाई प्रशंसा गर्दै यस्ता गतिविधिले बालबालिकालाई आफ्नो देश, कला र संस्कृतिप्रति गर्व गर्न प्रेरणा दिने बताउनुभयो । उहाँको भनाइमा, विद्यालय जीवनमा प्राप्त यस्ता अनुभवले बालबालिकाको आत्मविश्वास र सामाजिक समझ बढाउन ठूलो मद्दत पुर्याउँछ।
कार्यक्रमको अर्को विशेष पक्ष सम्मान समारोह थियो । विद्यालयले असल विद्यार्थी बनाउन मिहिनेत गर्ने शिक्षक–शिक्षिका र अभिभावकलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो । छोटो समयमा पनि विद्यार्थीको शैक्षिक तथा सांस्कृतिक विकासमा योगदान गर्ने अभिभावक र शिक्षकको प्रयासलाई उच्च मूल्याङ्कन गरिएको थियो । सम्मानित अभिभावकले विद्यालय प्रशासनप्रति आभार प्रकट गर्दै आफ्नो सन्तानलाई अझ राम्रो बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
प्रिन्सिपल सरिता महर्जनले दशैंजस्तो महत्त्वपूर्ण पर्वले केवल धार्मिक मूल्य मात्र नभई सामाजिक एकता र संस्कृतिको संरक्षणमा पनि योगदान दिने बताउनुभयाे । उहाँले बालबालिकालाई विद्यालयले निरन्तर यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै आएको र आगामी दिनमा अझ स्तरीय कार्यक्रम गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
विद्यालय प्रशासनको आयोजनामा सद्भाव ब्याङक्वेटमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामी हुनुहुन्थ्यो भने विशेष अतिथि महिला वडा सदस्य तथा विध्यालय व्यवस्थापन समिति सदस्य शान्ता राई हुनुहुन्थ्यो ।
कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यार्थी र अभिभावकको बाक्लो उपस्थिति थियो ।

करियर कर्नर : भविष्यको बाटो पहिचान गर्ने प्रयास (भिडियाे)

कक्षा १२ काे पुरक परीक्षा आजदेखि

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते

शिक्षा विधेयक सच्याउनुपर्ने निजी शैक्षिक संस्था सञ्चालकको माग

विद्यालय शिक्षा विधेयक संशोधन गर्न माग

भदाै १८ पछि विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालककाे चेतावनी

प्रिन्सिपलद्वारा कक्षा ५ का बालकमाथि निर्घात कुटपिट

प्रतिक्रिया