शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू
विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने अर्काे निर्णय
शिक्षामन्त्री महावीर पुनले सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्ने निर्णय गर्नुभएकाे छ । मन्त्री पुनले सामाजिक सञ्जालमार्फत दिनुभएकाे जानकारीअनुसार मंगलबार कम्प्युटर शिक्षकको दरबन्दी थपलगायत तीनवटा निर्णयहरु भएका छन् ।
मन्त्रालयमा उठेका र काम तुरुन्त अगाडि बढाउन निर्देशन दिइएका ३ वटा काम निम्न छन् :
१) देशभरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनका लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने ।
२) केही विश्वविद्यालयले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा रहेछन् । विद्यार्थीहरुका लागि त्यो अपुरणिय क्षति हो । त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने । समयमै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयको अनुदान रोक्का गरिदिने । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाका ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै निकाल्दाे रहेछ ।
३) त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठूला रुख नकाट्ने) सफा गरी सुन्दर बँगैचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउने ।
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'
तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'
राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु
ग्लोबल आइएमई बैंकद्वारा नगद लाभांश घोषणा
प्रतिक्रिया