चिटिक्क शक्तिपीठ (फाेटाे फिचर)
काठमाडौं उपत्यकामा शोभा भगवती, मैतीदेवी, दक्षिणकाली, भद्रकालीलगायत शक्तिपीठहरूमा पूजाआजा हुन्छ ।
झिलिमिली बत्तीमा चिटिक्क मैतीदेवी मन्दिर ।
बडादसैं सुरु भएसँगै देशभरका शक्तिपीठहरुलाई सिँगारेर चिटिक्क पारिएकाे छ ।
दशैं घटस्थापनादेखि सुरु हुन्छ । नौ दिनसम्म दुर्गाको पूजाका लागि आश्विन शुक्ल प्रतिपदामा घट (कलश) स्थापना गर्ने कामलाई घटस्थापना भनिन्छ ।
महाकाली, महालक्ष्मी, महासरस्वती, अम्बिका, उमा, दुर्गालगायत विभिन्न स्वरूपमा नवदुर्गाको शक्तिपीठहरूमा पूजा गरिन्छ । भक्तजनहरूको भीड लाग्ने गर्छ ।
नवरात्रिमा दुर्गा माताको पूजा गर्दा आशीर्वाद प्राप्त हुन्छ, परिवारजनमा ऐश्वर्य, समृद्धि र सुख प्राप्त हुन्छ भन्ने लोकविश्वास रहेको छ ।
काठमाडौं उपत्यकामा शोभा भगवती, मैतीदेवी, दक्षिणकाली, भद्रकालीलगायत शक्तिपीठहरूमा पूजाआजा हुन्छ । देशका विभिन्न शक्तिपीठहरूमा पनि पूजाअर्चना गरिन्छ ।




खेल्दै सिक्दै
जेन–जी युवाले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु (फाेटाे फिचर)
जेनजीकाे प्रदर्शनमा १६ जनाकाे मृत्यु (फाेटाे फिचर)
यसरी मनाइयाे गाईजात्रा (फाेटाे फिचर)
भानुजयन्तीमा विभिन्न कार्यक्रम (फाेटाे फिचर)
न्यानो ज्याकेट पाएपछि बालबालिका खुसी
अस्ताउँदो सूर्यलाई अर्घ्य (फाेटाे फिचर)
प्रतिक्रिया