कक्षा १२ काे पुरक परीक्षा आजदेखि
यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलनका कारण सरेको थियो ।

कक्षा १२ को मौका (पूरक) परीक्षाको आजदेखि सुरु भएकाे छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलनका कारण सरेको थियो ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा आज र भोलि (बुधबार) दुई दिन सञ्चालन गर्न लागिएको हो ।
पहिलो दिन आज अनिवार्य अंग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा हुने छ ।
अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनु पर्नेछ । बुधबार दुवै विषयमा परीक्षा दने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड भएको विषयको परीक्षा हुनेछ ।
दाेस्राे दिन अनिवार्य अंग्रेजीको परीक्षा भने हुनेछैन । अंग्रेजीको परीक्षा पहिलो दिन अर्थात ७ गते नै तोकिएको छ ।
सबै विषयको परीक्षा बिहान ११ बजेदेखि सुरु भएकाे छ ।

करियर कर्नर : भविष्यको बाटो पहिचान गर्ने प्रयास (भिडियाे)

सिचु पाठशालामा शुभकामना तथा सांस्कृतिक कार्यक्रम (भिडियाे)

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते

शिक्षा विधेयक सच्याउनुपर्ने निजी शैक्षिक संस्था सञ्चालकको माग

विद्यालय शिक्षा विधेयक संशोधन गर्न माग

भदाै १८ पछि विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालककाे चेतावनी

प्रिन्सिपलद्वारा कक्षा ५ का बालकमाथि निर्घात कुटपिट

प्रतिक्रिया