हात्ती र छावा (बालगीत)
हात्ती पोलो हेरेर– म त धेरै रमाएँ, तिम्रो सानो छावालाई – माया गरी समाएँ !
खम्बा जत्रा खुट्टा छन्
नाङ्लो जत्रा छन् है कान
लसकलसक हिँड्दछौ
छौ है धेरै बुद्धिमान
खम्बा जत्रा....
हात्ती पोलो हेरेर
म त धेरै रमाएँ
तिम्रो सानो छावालाई
माया गरी समाएँ
खम्बा जत्रा....
उनको प्यारो सुँडले
नमस्कार गरे नि !
उनको माया देखेर
म त दङ्ग परे नि !
खम्बा जत्रा....
आज्ञाकारी हात्ती, छावा
जङ्लको हो है सान
गर्ने गर्छन् सबैले
उनीहरूलाई धेरै मान
खम्बा जत्रा....
रचनाकाल – २०८२ साउन २२ गते
बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
गाइने दाइ (बालगीत)
ध्यानको रन्को (लघुकथा)
जनकपुरको जादुई विवाह (भाग–२)
जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
चिप्लेकीरा (बालगीत)
विनाेदी, उदासी र घिमिरेलाई माधव वियाेगी पुरस्कार र सम्मान प्रदान
प्रतिक्रिया