आइतबार ०२ कात्तिक, २०८२

नेपाली समय

Facebook Live Youtube Live

हात्ती र छावा  (बालगीत)

हात्ती पोलो हेरेर–  म त धेरै रमाएँ, तिम्रो सानो छावालाई – माया गरी समाएँ  !

खम्बा जत्रा खुट्टा छन् 
नाङ्लो जत्रा छन् है कान 
लसकलसक  हिँड्दछौ
छौ है धेरै बुद्धिमान 
       खम्बा जत्रा....

हात्ती पोलो हेरेर 
म त धेरै रमाएँ 
तिम्रो सानो छावालाई 
माया गरी समाएँ 
          खम्बा जत्रा....

उनको प्यारो  सुँडले  
नमस्कार गरे नि !
उनको माया देखेर
म त दङ्ग परे नि !
               खम्बा जत्रा....

आज्ञाकारी हात्ती, छावा 
जङ्लको हो है सान 
गर्ने गर्छन् सबैले 
उनीहरूलाई धेरै मान 
             खम्बा जत्रा....


रचनाकाल – २०८२ साउन २२ गते

ललिता ‘दोषी’

(ललिता ‘दोषी’ २०४१ सालमा ‘शुभकामना’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकाे हाे । उहाँका ५१ वटा साहित्यिक कृतिहरू प्रकाशित छन् ।)