आइतबार ०२ कात्तिक, २०८२

नेपाली समय

Facebook Live Youtube Live

बाल अधिकार (बालगीत)

बिच्छ काँडा पाइलै पिच्छे– झर्छ आँसु थोपा, माया र सम्मानको–  भयौँ सधैँ भोका !

बिच्छ काँडा पाइलै पिच्छे
झर्छ आँसु थोपा
माया र सम्मानको 
भयौँ सधैँ भोका
           बिच्छ काँडा....

सडक बालकभन्दा  सबले 
टुक्रिन्छ है छाती 
पाएदेखि बाल अधिकार
टेक्छौँ शिखरमाथि 
            बिच्छ काँडा.....

अरूलेझैँ स्कुलमा 
जान मन लाग्छ 
मीठोचोखो हामीलाई नि  !
खान मन लाग्छ । 
            बिच्छ काँडा....

नटुक्य्राउनु  हाम्रो मुटु
दिनु लौ अधिकार 
नपरोस् है रुन हामीले
अब बारम्बार !
            बिच्छ काँडा.....


बुद्धनगर, काठमाडौँ
 

ललिता ‘दोषी’

(ललिता ‘दोषी’ २०४१ सालमा ‘शुभकामना’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकाे हाे । उहाँका ५१ वटा साहित्यिक कृतिहरू प्रकाशित छन् ।)