बाल अधिकार (बालगीत)
बिच्छ काँडा पाइलै पिच्छे– झर्छ आँसु थोपा, माया र सम्मानको– भयौँ सधैँ भोका !
बिच्छ काँडा पाइलै पिच्छे
झर्छ आँसु थोपा
माया र सम्मानको
भयौँ सधैँ भोका
बिच्छ काँडा....
सडक बालकभन्दा सबले
टुक्रिन्छ है छाती
पाएदेखि बाल अधिकार
टेक्छौँ शिखरमाथि
बिच्छ काँडा.....
अरूलेझैँ स्कुलमा
जान मन लाग्छ
मीठोचोखो हामीलाई नि !
खान मन लाग्छ ।
बिच्छ काँडा....
नटुक्य्राउनु हाम्रो मुटु
दिनु लौ अधिकार
नपरोस् है रुन हामीले
अब बारम्बार !
बिच्छ काँडा.....
बुद्धनगर, काठमाडौँ
बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
गाइने दाइ (बालगीत)
ध्यानको रन्को (लघुकथा)
जनकपुरको जादुई विवाह (भाग–२)
जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
चिप्लेकीरा (बालगीत)
विनाेदी, उदासी र घिमिरेलाई माधव वियाेगी पुरस्कार र सम्मान प्रदान
प्रतिक्रिया