बुधबार २५ भदौ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

बाँकेको बाल सुधारगृहमा झडप, ५ जनाको मृत्यु

जेनजी आन्दोलनका क्रममा सुधारगृहमा रहेकाहरू पनि भाग्न खोज्दा प्रहरीले रोकेपछि झडप भएको हो ।

बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर छन् ।

गएराति सुधारगृहमा झडप भएको थियो । घटनामा घाइते भएकालाई बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो ।

घाइतेमध्ये पाँच जनाको उपचार क्रममा मृत्यु भएको हो । दुई जनाको उपचार जारी छ ।

देशभर जेनजीको आन्दोलन चर्किंदा बालसुधार गृहमा रहेकाहरु पनि भाग्न खोजेका थिए । प्रहरीले रोकेपछि झडप भएको थियो । केही युवा भागेका छन् भने केही बालसुधारगृहभित्रै छन् ।