बाँकेको बाल सुधारगृहमा झडप, ५ जनाको मृत्यु
जेनजी आन्दोलनका क्रममा सुधारगृहमा रहेकाहरू पनि भाग्न खोज्दा प्रहरीले रोकेपछि झडप भएको हो ।
बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर छन् ।
गएराति सुधारगृहमा झडप भएको थियो । घटनामा घाइते भएकालाई बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो ।
घाइतेमध्ये पाँच जनाको उपचार क्रममा मृत्यु भएको हो । दुई जनाको उपचार जारी छ ।
देशभर जेनजीको आन्दोलन चर्किंदा बालसुधार गृहमा रहेकाहरु पनि भाग्न खोजेका थिए । प्रहरीले रोकेपछि झडप भएको थियो । केही युवा भागेका छन् भने केही बालसुधारगृहभित्रै छन् ।
कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ देखि
लालीगुराँस र सत्य साइलाईले जिते अन्तरविद्यालय बास्केटबलको उपाधि
दुई दिने साहित्यिक यात्रा : विद्यालयलाई पुस्तक हस्तान्तरण
घर नफर्किएका विद्यार्थीको खोलामा तैरिएको खुसी
विनाेदीलाई माधव वियाेगी साहित्य पुरस्कार, उदासी र घिमिरेलाई सम्मान
किन निराश र चिन्तित छ पछिल्लाे पुस्ता ?
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिता कात्तिक १४ र १५ मा
प्रतिक्रिया