अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
११ औं उपत्यकाब्यापी अन्तरबिद्यालय एकल गायन प्रतियोगितामा रिलायन्स को. एड. स्कुलका आयन थापा प्रथम हुनुभएकाे छ ।

राजधानीमा सम्पन्न ११ औं उपत्यकाब्यापी अन्तरबिद्यालय एकल गायन प्रतियोगितामा रिलायन्स को. एड. स्कुलका आयन थापा प्रथम हुनुभएकाे छ ।
काठमाडौं उपत्यकाका ३४ बिद्यालयका नानीबाबुहरुको सहभागिता रहेको उक्त गायन प्रतियोगितामा आफ्नो उत्कृष्ट गायकीमार्फत आयन थापाले प्रथम स्थान हासिल गर्नुभएकाे हाे भने कोटदेवी पब्लिक स्कुलका समिपन राई द्वितीय र अमर ईङ्गलिस स्कुलका जेसिका श्रेष्ठ तृतीय हुनुभयाे ।
गीत रचनातर्फ रिलायन्स को. एडका लेखु सहयात्री प्रथम, न्युटन स्कुलका रामबहादुर केसी द्वितीय र कौशल इङ्गलिस बोर्डिङ्ग स्कुलका शिवप्रसाद अर्याल तृतीय हुनुभयाे भने संगीततर्फ अमर इङ्गलिस स्कुलका सागर गौतम प्रथम, मनास्लु स्कुलका नारायण लामा द्वितीय र रिलायन्स को. एडका राजन खतिवडा तृतीय हुनुभयाे ।
बसुन्धारा नेसनल ऐकेडमीको आयोजना र हेमन्त शर्माको आतिथ्यता एवं प्रकाश सायमीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त गायन प्रतियोगिताको निर्णायकहरुमा संगीतकार महेश खड्का, संगीतकार भानुभक्त ढकाल र गीतकार होम न्यौपाने रहनुभएको थियो ।
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

हैजा सङ्क्रमण बढेपछि वीरगञ्जका विद्यालय बन्द

मदन पुरस्कार 'उरमाल' उपन्यासलाई, जगदम्बाश्री प्रेमदेव गिरीलाई

प्रतिक्रिया