सोमबार २३ भदौ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

जेनजीकाे आन्दाेलन झन् चर्कियाे, ५ जनाकाे मृत्यु (फाेटाे फिचर)

प्रहरीले प्रहार गरेको गोलीबाट पाँच जनाको मृत्यु भएपछि बानेश्वर क्षेत्र तनावग्रस्त

तस्बिरहरु : किरण पाण्डे

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दकाे विराेधमा जेनजीले गरेकाे प्रदर्शनका क्रममा प्रहरीले चलाएकाे गाेलीबाट ५ जनाको मृत्यु भएपछि बानेश्वर क्षेत्र झन् तनावग्रस्त भएको छ । सरकारले कर्फ्यू घोषणा गरे पनि प्रभावहीन बनेको छ ।

संसद् परिसरभित्रबाट प्रहरीले अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टासमेत प्रहार गरिरहेको छ ।

प्रहरीको गोली लागेर राजधानीको निजामती अस्पतालमा एक जनाको मृत्यु भएको छ । अहिलेसम्म करिब एक सय भन्दा बढी घाइतेहरुको त्यहाँ उपचार भइरहेको छ । वीर अस्पतालको ट्रमा सेन्टरमा करिब ३० जना घाइतेहरुको उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर छ ।

किरण पाण्डे

(पाण्डे वरिष्ठ फाेटाे पत्रकार हुनुहुन्छ ।)