सोमबार २३ भदौ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीकाे प्रदर्शन (भिडियाे)

स्कुल–कलेजको ड्रेसमै समेत आएका युवाले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

बढ्दाे भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी युवाले काठमाडौंको माइतीघर मण्डलमा गरेको प्रदर्शन जारी छ । प्रदर्शनमा युवाकाे सहभागिता बढिरहेकाे छ । 

राष्ट्रिय झण्डा बोकेर राष्ट्रभक्तिका गीत गाउँदै युवाले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।स्कुल–कलेजको ड्रेसमै समेत आएका युवाले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका छन् । 

‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।

प्रदर्शनको क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् ।

जेनजी युवाले काठमाडाैंबाहिर पनि विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।