शिक्षा विधेयक सच्याउनुपर्ने निजी शैक्षिक संस्था सञ्चालकको माग
‘दुईवटा विषय मान्य हुँदैन । आन्दोलन गर्नु हाम्रो रहर होइन । माग पूरा भएन भने पठनपाठन ठप्प हुन्छ । त्यसको जिम्मा माननीयहरूले लिनुपर्छ ।’

निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयक सच्याउनुपर्ने नत्र पठनपाठन ठप्प पारेर आन्दोलनमा होमिने बताउनुभएको छ ।
निजी विद्यालय सञ्चालकको विधेयकका दुईवटा बुँदामा गम्भीर असहमति छ । विधेयकमा रहेको निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने र पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनुपर्ने उहाँहरूको प्रमुख माग छ ।
शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) ले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियमा निजी विद्यालय सञ्चालकहरुले नेपालको विद्यालय शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने निजी क्षेत्रको योगदानलाई नबिर्सन आग्रह गर्नुभएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेन प्याब्सनका अध्यक्ष कृष्ण अधिकारी, नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपाने, हिसानका कार्यवाहक अध्यक्ष द्विराज शर्मा, प्याब्सनका पूर्वअध्यक्ष डिके ढुंगाना, अपेनका अध्यक्ष बद्री दाहाललगायतले विचार राख्नुभएको थियो ।
प्याब्सनका अधिकारीले भन्नुभयो, ‘दुईवटा विषय मान्य हुँदैन । आन्दोलन गर्नु हाम्रो रहर होइन । माग पूरा भएन भने पठनपाठन ठप्प हुन्छ । त्यसको जिम्मा माननीयहरूले लिनुपर्छ ।’
‘कम्पनी अन्तर्गत गैरनाफामूलक बन्दैन,’ नेसनल प्याब्सनका अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘यो संविधानको भावना विपरीत हो ।’ उहाँले भदौ २५ गते सशक्त सडक आन्दोलन उत्रिने घोषणा गर्नुभयो ।
हिसानका कार्यबाहक अध्यक्ष शर्माले सरोकारवालासँग छलफल नगरी विधेयक शिक्षा समितिबाट पास भएको उल्लेख गर्नुभयो । ‘०२८ मा ०८२ अंक फेरेर मात्र हुँदैन, निजी–सामुदायिक सबैलाई व्यवस्थापन गरेर जानुपर्छ,’ उहाँले भन्नुभयो ।

करियर कर्नर : भविष्यको बाटो पहिचान गर्ने प्रयास (भिडियाे)

सिचु पाठशालामा शुभकामना तथा सांस्कृतिक कार्यक्रम (भिडियाे)

कक्षा १२ काे पुरक परीक्षा आजदेखि

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते

विद्यालय शिक्षा विधेयक संशोधन गर्न माग

भदाै १८ पछि विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालककाे चेतावनी

प्रिन्सिपलद्वारा कक्षा ५ का बालकमाथि निर्घात कुटपिट

प्रतिक्रिया