विद्यालय शिक्षा विधेयक संशोधन गर्न माग
‘माननीयहरू स-साना कुरामा अल्झिनुभएको छ, आफ्नो नजिकको शिक्षकसँगको सम्बन्ध वा विद्यालय हेरेर कानुन बनाउनु हुँदैन ।’
सरोकारवालाले विद्यालय शिक्षा विधेयक संशोधन गरेर पारित गर्न माग गरेका छन् ।
शिक्षा पत्रकार समूहले बुधबार आयोजना गरेको शिक्षा बहसमा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अहिलेका समस्या समाधान गर्नेगरी विधेयक ल्याउने छाँट नदेखिएकाले आन्दोलनमा उत्रिनुपरेको बताउनुभयाे । ‘माननीयहरू स-साना कुरामा अल्झिनुभएको छ, आफ्नो नजिकको शिक्षकसँगको सम्बन्ध वा विद्यालय हेरेर कानुन बनाउनु हुँदैन,’ उहाँले भन्नुभयाे ।
प्याब्सनका वरिष्ठ उपाध्यक्ष दीपिका रिमाल थापाले निजी विद्यालय खोल्न र कम्पनीअन्तर्गत सञ्चालन गर्न अनुमति दिइसकेपछि राज्यले अहिले आएर गैरनाफामुलक बनाउन नमिल्ने बतााउनुभयाे ।
नेशनल प्याब्सनका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारीले विद्यालय बन्द गरेर आन्दोलनमा जान नहुने धारणा राख्नुभयाे । अभिभावक महासघका अध्यक्ष सुप्रभात भण्डारीले आन्दोलनका नाममा कसैले पनि विद्यालय बन्द गर्न बताउनुभयाे ।
शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले निजी विद्यालय बन्द गर्ने आँट तत्काल कसैको नभए पनि व्यवस्थित गर्न सही नीति लिन नसकेको बताए । शिक्षकहरू पनि प्रतिस्पर्धाबाट भाग्न नमिल्नेमा उहाँले जोड दिनुभयाे ।
शिक्षाविद् टीका भट्टराईले शिक्षालाई निःशुल्क गर्नु राज्यको दायित्व रहेको र क्रमशः गैरनाफामुलक बनाउदै लैजानु नै संविधानको मर्मअनुसार रहेको बताउनुभयाे ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका उपाध्यक्ष सुबेन्द्रमान श्रेष्ठले विधेयकमा निःशुल्क र आधारभूत शिक्षा सुनिश्चित गर्ने संविधानको भावनाभन्दा तल झर्न नहुने तर्क गर्नुभयाे ।
मन्त्रीकाे स्वागतमा खटाइए बालबालिका
एमबिबिएस प्रवेश परीक्षामा प्रथम हुने छात्रालाई सम्मान
देशभरका सामुदायिक विद्यालयका नाममा रहेका जग्गा खाेज्दै शिक्षा मन्त्रालय
करियर कर्नर : भविष्यको बाटो पहिचान गर्ने प्रयास (भिडियाे)
सिचु पाठशालामा शुभकामना तथा सांस्कृतिक कार्यक्रम (भिडियाे)
कक्षा १२ काे पुरक परीक्षा आजदेखि
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते
प्रतिक्रिया