विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु
चार जना विद्यार्थी हात समाएर खोलाको कल्भर्ट पार गर्ने क्रममा शशीकला तामाङलाई बगाएको हो । खोलाले बगाएर तामाङलाई करिब १०० मिटर तल पुर्याएको थियाे ।
नुवाकाेटकाे तादी गाउँपालिका–२ स्थित चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा बाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । अन्य तीन जना विद्यार्थी घाइते भएका छन् ।
विद्यालय छुट्टीपश्चात् घर फर्कने क्रममा चिलाउने खोलामा आएकाे बाढीले बगाउँदा बालकक्षामा अध्ययनरत स्थानीय रामबहादुर तामाङकी चार वर्षीया छोरी शशीकला तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार चार जना विद्यार्थी हात समाएर खोलाको कल्भर्ट पार गर्ने क्रममा शशीकलालाई बगाएको हो । खोलाले बगाएर तामाङलाई करिब १०० मिटर तल पुर्याएको तादी–२ का वडाअध्यक्ष बच्चुराम तामाङले जानकारी दिए ।
शशीकलासँगै बाढीले बगाएका जोयस तामाङ, ज्योति तामाङ र सुस्मा तामाङ घाइते रहेको प्रहरीले जनाएको छ । उनीहरूको अहिले खरानीटार अस्पतालमा उपचार भइरहेको छ ।
विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
प्रतिक्रिया