एस आईबीएस बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
दुईदिने प्रतियोगितामा ब्वाइजमा ३२ तथा गर्ल्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रिमियर र टिम क्वासनले एस आईबीएस थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको ब्वाइज फाइनलमा प्रिमियरले जेभियरलाई १७–१३ ले हरायो । प्रिमियरबाट अश्विन चालिसे (कप्तान), प्रथम श्रेष्ठ, प्रणयमान श्रेष्ठ र दावा लामाले प्रतिस्पर्धा गर्नुभएकाे थियाे । विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे ।
एस इन्टरनेसनल बिजनस स्कुल (एस आईबीएस) द्वारा आयोजित प्रतियोगिताअन्तर्गत गर्ल्सको उपाधि भिडन्तमा क्वासनले बलर्स एकेडेमीलाई ११–१० को साँघुरो अन्तरले हरायो ।
क्वासनको टोलीबाट सोनाम डोल्मा लामा (कप्तान), उर्जा राना मगर, गुरुत्सो लामा र छिरिङ शेर्पाले खेल्नुभएकाे थियाे । पहिलो हुनेलाई १५ हजार तथा दोश्रोलाई ८ हजार नगदबाट पुरस्कृत गरियो ।
नेपाल बास्केटबल संघको सहकार्यमा भएको प्रतियोगिताको ब्वाइजमा प्रिमियरका अश्विन र गर्ल्समा क्वासनकी उर्जा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयाे ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ र आयोजक एस इन्टरनेसनल बिजनस स्कुलका कार्यकारी निर्देशक आशिष तिवारीले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयाे ।
दुईदिने प्रतियोगितामा ब्वाइजमा ३२ तथा गर्ल्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

नेपाली खेलाडीलाई अष्ट्रेलियामा सम्मान

एरिकालाई सम्मान
_Tui7WB7WCK_nqiyapo1rsiothk1o2uryt3erwhztvs1adsyr4kxdy1tft7ium6rh628bpec_Ah9uwaOMeJ_bn0vszqzv9yngvgtzsrclzwb8nuetcrfp3dtegh15z60xvyxzonjudmjibht.jpeg)
इन्डो–नेपाल कराते शुक्रबारदेखि
_111uIAn6sR_jeervyjobdlgxitsltxj723r25hrqw6gwaz8csyuuafsmm8kzlhoeiopnnzo_qq5GwqPZyD_dt7gdkaqcnkbn7bwndinsqivlibul5nxbrl6xaa5p4fuckp2sy46xlop4ait.jpeg)
रिब्स र मल्पी सेमिफाइनलमा
न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

प्रतिक्रिया