म उनको मुटु वाहन
बर्खामा बाढी आएर बगाउँछ मलाई तर कहाँ कता लान्छ पत्तो छैन कि स्वर्गमा पुग्छु कि त तिम्रो साँगुरो मुटुमा ।

बर्खामा बाढी आएर बगाउँछ मलाई
तर कहाँ कता लान्छ पत्तो छैन
कि स्वर्गमा पुग्छु कि त तिम्रो साँगुरो मुटुमा ।
सताउँछौ असाध्यै तिमीले
किन हो किन
मैले त मनको व्यक्ति यस्तै होला भनेर
तर तिमी टाढिनुलाई पो रहेछ ।
अनि म व्यक्तिको आत्मा खरानी भएर
म व्यक्तिले नै उनको सबै ढुकढुकी मेटाउनतर्फ उठें ।
पर्खाइ किन नहोस् र
म जसरी अरु पनि पर्खिनेले भने
कठै बरी, कति लामो दुरी होला उनी आउने, पर्खाई त लामो छ ।
तर उनी चाहिँ उनको प्रिय पात्रलाई नै कुरी बसेकी रहेछिन ।
निकै नै बेर लगाएर सोचेँ,
तन त एक समयलाई मलाई रहेछ
मन त उनको राजैलाई बहकाई सकिन,
म भने छाललाई दोष दिएँ।
(कोइला त खरानी नहुँदासम्म काम लाग्छ भने म उनीलाई एक समय कसो काम नलागुँला र !)
प्रतिक्रिया