को हुन् यिनी ?
कसका छोरा ? कसका नाति ? आमा को हुन् यिनकी ? बाल्यकाल कस्तो थियो ? भार्या को हुन् यिनकी ?
_qxqlwxOK8t_fhwm2kcxclzgmmaatf7k5ngabmgdsd7vnfefemtb6dwui9l6ewngte40fjix_F1jHGRAJpG_vgchweuntjzxmsawhjdhzqjdpxolan1o632umpznv210uz6e1gjijv9l8eua.jpg)
को हुन् यिनी ?
के हो यिनको नाम ?
किन मान्छन् सबले यिनलाई ?
के–के गरे काम ?
कसका छोरा ?
कसका नाति ?
आमा को हुन् यिनकी ?
बाल्यकाल कस्तो थियो ?
भार्या को हुन् यिनकी ?
जन्म कहिले भयो यिनको ?
मृत्यु कहिले भयो ?
कस्ता–कस्ता उपदेशले
यिनको कीर्ति रह्यो ?
असल मानिस छान्दा हामी
किन यिनलाई छान्छौं ?
सम्बोधन गर्दा किन
बडामहाराज भन्छौं ?
नेपाली हुँ भनी गौरव
गर्छ यहाँ जसले
यिनका बारे सबै कुरा
जान्नैपर्छ उसले ।
प्रतिक्रिया