Minecraft, Roblox र Among Us : बालबालिकाले रुचाउने इनडोर गेम
९–१० वर्ष उमेरका करिब २,००० बालबालिकामाथि गरिएको एक अनुसन्धानले दिनमा ३ घण्टाभन्दा बढी गेम खेलेका बच्चाहरूले ध्यान नियन्त्रण र कार्यशील स्मृतिसम्बन्धी परीक्षणमा छिटो र भरपर्दो परिणाम देखाएका थिए ।

विश्वभरका सक्रिय गेमरमध्ये ठूलो हिस्सा बालबालिका र किशोरहरूकाे छ, जसमा मोबाइल गेमिङ सबैभन्दा ठूलो सेग्मेन्ट बनेको तथ्यांकले देखाउँछ ।
यसले भिडियो गेम केवल मनोरञ्जन मात्र नभई बाल विकास र परिवारको दिनचर्यामा प्रभाव पार्ने प्रमुख माध्यम बनेको संकेत गर्छ ।
बालबालिकाबीच हाल सर्वाधिक लोकप्रिय इनडोर खेलहरूमा Minecraft, Roblox, Among Us, Pokémon GO, Toca Life World, Ludo King आदि पर्छन् ।
Minecraft र Roblox ले सिर्जनात्मकता र सामाजिक अन्तरक्रियामा सहयोग गर्छन् । Among Us रणनीतिक सोच र सहकार्यमा आधारित सामाजिक–डिडक्सन खेल हो । Pokémon GO ले बाहिरी गतिविधि र स्वास्थ्यप्रति जोड दिन्छ। Toca Life World ले कथा–निर्माण र सिर्जनात्मकतालाई प्रोत्साहित गर्छ भने Ludo King जस्तो सरल बोर्ड–शैलीको मोबाइल खेल नेपालसहित दक्षिण एसियामा अत्यधिक लोकप्रिय छ।
वैज्ञानिक अध्ययनले गेमिङका केही सकारात्मक पक्ष प्रमाणित गरेका छन् । ९–१० वर्ष उमेरका करिब २,००० बालबालिकामाथि गरिएको एक अनुसन्धानले दिनमा ३ घण्टाभन्दा बढी गेम खेलेका बच्चाहरूले ध्यान नियन्त्रण र कार्यशील स्मृतिसम्बन्धी परीक्षणमा छिटो र भरपर्दो परिणाम देखाएका थिए । उनीहरूको मस्तिष्क क्रियाकलापमा पनि भिन्नता पाइएको छ तर सबै खेल समान रूपमा फाइदाजनक नहुने र छनोटको भूमिका महत्त्वपूर्ण हुने विशेषज्ञहरूले चेतावनी दिएका छन् । धेरै खेलिने र अनियन्त्रित गेमिङ भने गम्भीर समस्या बन्न सक्छ ।
विश्व स्वास्थ्य संगठनले २०१९ मा ‘गेमिङ डिसअर्डर’ लाई आधिकारिक रोगको रूपमा मान्यता दिँदै आईसीडी–११ मा समावेश गरिसकेको छ । खेलमा नियन्त्रण हराउनु, अन्य गतिविधिभन्दा प्राथमिकता दिनु र नकारात्मक परिणाम हुँदाहुँदै पनि निरन्तरता देखाउनु मुख्य लक्षण हुन् । अमेरिकी साइकियाट्रिक संघले पनि यही चिन्ता औंल्याउँदै जोखिम पहिचानमा अभिभावक सचेत हुनुपर्ने उल्लेख गरेको छ।
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (पान) ले स्क्रिन–समयको एकै सूत्र नभई परिवारअनुकूल ‘मिडिया–युज प्लान’ बनाउन सल्लाह दिएको छ ।
पानले गृहकार्य, सुत्ने समय, खेलकुद र परिवारसँगको अन्तरक्रियामा असर नपर्ने गरी सन्तुलन मिलाउन सुझाएको छ । साना बालकमा भिडियो–च्याटबाहेक स्क्रिन प्रयोग कम गर्न र प्रि–स्कुलपछि सहदर्शनमार्फत गुणस्तरीय सामग्री रोज्न पनि पानले आग्रह गरेकाे छ।
मोबाइल गेमिङले २०२४ मा करिब ९२ अर्ब डलर राजस्व कमाएको छ । नेपालजस्तो मोबाइल–पहिलो बजारमा सस्तो इन्टरनेट, सजिलो पहुँच र साथीहरूसँग अनलाइन जोडिन सकिने कारण गेमिङको आकर्षण अझ बढेको छ ।
संक्षेपमा भिडियो गेम्स बालबालिकाको प्रमुख इनडोर खेल बन्नुको कारण उपलब्धता, सामुदायिकता र ‘खेल्दै सिक्ने’ सम्भावनासँग जोडिएको छ । तर, अतिआशक्तिको जोखिमलाई WHO ले औपचारिक रूपमा पहिचान गरिसकेकोले, परिवार–केन्द्रित योजना, सहदर्शन र स्पष्ट सीमारेखा नै स्वस्थ गेमिङ संस्कृतिको आधार बन्न सक्छ ।
विशेषज्ञहरूले अभिभावकलाई दिएका सुझाव :
– घरभित्रै पारिवारिक ‘मिडिया–युज प्लान’ तयार गर्ने ।
– बच्चासँगै बसेर खेल्ने वा छलफल गर्ने, सामग्री र अनलाइन सुरक्षाबारे कुरा गर्ने ।
– सुत्नुअघि कम्तीमा ६० मिनेट गेमिङ रोक्ने ।
– बेडरुममा मोबाइल वा डिजिटल साधन नराख्ने ।
– पढाइ, स्वास्थ्य वा सामाजिकतामा असर देखिएमा चिकित्सक वा विशेषज्ञसँग परामर्श गर्ने ।

मान्छेको दिमाग सोचेभन्दा सुस्त किन छ ? (भिडियाे)

रोबोटिक्स र गेमिङ सिक्दै बालबालिका (भिडियाे)

प्रविधिको जादुमय घर : अप्टिक भ्याली

के हो हाइड्रोजन ग्यास ? कसरी हुन्छ विष्फाेट ? (भिडियाे)

चीनले कसरी ल्यायो चन्द्रमाबाट माटो ?
अरुण र बरुण ग्रहमा जान किन सम्भव छैन ?

प्रतिक्रिया