शिक्षक महासंघकाे पहिलाे चरणकाे आन्दाेलन सुरु
घोषित कार्यक्रमअनुसार महासंघले भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपाल शिक्षक महासंघले पहिलो चरणका आन्दोलनका कार्यक्रम साेमबारदेखि सुरु भएको छ ।
घोषित कार्यक्रमअनुसार महासंघले भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम रहेको महासंघका अध्यक्ष सुवेदीले जानकारी दिनुभएकाे छ ।
महासंघले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र विद्यालय शिक्षा विधेयकमा आफ्ना मुख्य मागलाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाएको छ ।
महासंघले २०७५, २०७८ र २०८० सालमा भएका आन्दोलनपछि सरकारसँग क्रमशः ३०, ५१ र ६ बुँदे सहमतिलाई समावेश गरी ऐन जारी नगरिएकोमा आक्रोश व्यक्त गरेको छ ।
यही माग राख्दै ८९ दिनसम्म चलेको आन्दोलनको क्रममा २०८१ चैत्र २० गतेबाट २९ दिनसम्म काठमाडौं केन्द्रित सडक आन्दोलन गरिएको थियो । त्यसै आन्दोलनको बलमा २०८२ वैशाख १७ गते सरकार र महासंघबीच ९ बुँदे सहमति भएको थियो, जसको आधारमा महासंघले आफ्नो आन्दोलन स्थगित गरेको थियो ।
हालै समितिले पेस गरेको प्रतिवेदनले शिक्षक-कर्मचारीको भावना र विगतका सहमतिलाई ध्यान नदिएको महासंघको आरोप छ ।

करियर कर्नर : भविष्यको बाटो पहिचान गर्ने प्रयास (भिडियाे)

सिचु पाठशालामा शुभकामना तथा सांस्कृतिक कार्यक्रम (भिडियाे)

कक्षा १२ काे पुरक परीक्षा आजदेखि

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते

शिक्षा विधेयक सच्याउनुपर्ने निजी शैक्षिक संस्था सञ्चालकको माग

विद्यालय शिक्षा विधेयक संशोधन गर्न माग

भदाै १८ पछि विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालककाे चेतावनी

प्रतिक्रिया