हैजा सङ्क्रमण बढेपछि वीरगञ्जका विद्यालय बन्द
भदौ ८ र ९ गते (आइतबार र सोमबार) दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गर्ने निर्णय ।

वीरगञ्ज महानगरपालिकाले बढ्दो हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै दुई दिनका लागि महानगरपालिकाअन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै भदौ ८ र ९ गते (आइतबार र सोमबार) दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो ।
सूचनामा हैजा सङ्क्रमणबाट बच्न विभिन्न स्वास्थ्य सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।
नागरिकहरूलाई पानी उमालेर मात्र पिउन, शौचालय प्रयोगपछि साबुन पानीले हात धुन, सरसफाइका नियम पालना गर्न, काँचो सागसब्जी तातोपानीले पखालेर मात्र खान र सङ्क्रमणबाट जोगिन आवश्यक उपाय अवलम्बन गर्न अनुरोध गरिएको छ ।
महानगरपालिकाले सम्बन्धित सबैमा सूचना कार्यान्वयन गर्न र स्वास्थ्य सुरक्षाप्रति सचेत रहन अपिल गरेको छ । शुक्रवारदेखि वीरगञ्जका विभिन्न वडाहरूमा हैजा सङ्क्रमण पुष्टि भएको छ ।
जोखिम बढ्दै गएपछि सङ्क्रमण फैलिन दिनबाट रोक महानगरले विद्यालय बन्द गर्ने निर्णय गरेको बुझिएको छ ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया